बैठकमा कार्यकर्ता थुन्ने ध्वाँस
काठमाडौं । एमालेका नेताहरू गत साता १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रीय सदस्य छान्न निकै व्यस्त रहे । अनेक पटक भएका छलफलमा नेताहरू आफ्नै कार्यकर्ताका बारेमा कति तल झरेर बोल्न सक्दा रहेछन् भन्ने तथ्य बुधबारले फेला पाएको छ ।
नेताहरूले एकपछि अर्को कार्यकर्ताको नाम केन्द्रीय सदस्यका लागि लिइरहेका थिए । अध्यक्ष केपी ओलीले रघुवीर महासेठकी पत्नी जुली महतोलाई केन्द्रीय कमिटीमा नपारी नहुने तर्क गरिहनुभएको थियो । अर्को एक सिट आएमा चाहिँ एमाले भएको छोटो समयमै विद्या भण्डारीलगायतका नेताहरूको विश्वास जितेर समानुपातिक सभासद् भएकी र त्यतिले मात्र नपुगेर संसद्को महिला तथा बालबालिका समितिको सभापति (राज्यमन्त्री सरह) भएकी रञ्जु ठाकुरका नाममा पनि ओलीको जोड थियो । बीचैमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो जिल्ला रौतहटका नेता, पाँच वर्ष प्रचार विभाग सदस्य भइसकेका, ०६४ सालको निर्वाचनमा रौतहट–१ का उम्मेदवार र पूर्व राष्ट्रिय परिषद् सदस्य रेवन्त झाको नाम लिनै पाएका थिएनन्, अध्यक्ष ओली पड्किहाले– ‘ए, त्यसलाई केन्द्रीय सदस्य ?’ बैठकमा सहभागी सबैका कान ठाडा भए– के भएको रहेछ ?
भएको के रहेछ भने केही दिनअघि रौतहटका ती नेता आफ्नो जिल्लाको एउटा समस्या लिएर स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई भेट्न गएका रहेछन् । पार्टीको जिल्ला कमिटीले मनोज सिंहलाई जिल्ला अस्पतालको अध्यक्ष बनाउन गरेको सिफारिस अधिकारीले एक वर्षदेखि दराजमा थन्काइराखेका छन् । गुटबाहेक अरूको कामै नगर्ने र भेट्नै नमान्ने, यतिसम्म कि परिवारसँग समेत मिल्न नसक्ने उग्र स्वभावका ती मन्त्रीले अरू ठाउँका अस्पतालमा समिति बनाइसक्दा पनि त्यहाँ चाहिँ आफ्नो गुटको मानिस नभएको भन्दै रोकिरहँदा रौतहटबाट पटक–पटक ताकेदा भइरहेको थियो । जति गरे पनि रौतहटमा उनले आफ्नो गुटको कहाँबाट पाउनु ? त्यस दिन झाले रोक्नुको कारण सोध्दा अधिकारी पड्किए । झा पनि किन चुप लाग्थे र ? ‘तपाईंले के सोच्नुभएको छ ? पार्टीको सिफारिस नमान्ने ? तपाईंलाई पार्टीले मन्त्री बनाएको होइन ? फेरि अहिले तपाईं कुनै कमिटीमा पनि हुनुहुन्न । त्यस्तो कुनै ठूलो नेता पनि होइन । सक्नुहुन्न भने राजीनामा दिनुहोस् न । किन कुर्सीमा बस्ने ?’ अधिकारी त्यतिबेला त धेरै बोल्न सकेनन् । तर, त्यसमा मरमसला भरेर माधव नेपालले यसो भन्न लगायो भन्दै बालकोट पुगेर अध्यक्ष ओलीको कान भरेका रहेछन् । ‘त्यसरी कार्यकक्षमै पुगेर मन्त्रीको राजीनामा माग्ने ? को हो त्यो ? अझ त्यसलाई केन्द्रीय सदस्य चाहियो ?’– ओलीले बैठकमा भने– ‘त्यस्तालाई कारबाही गर्नुपर्छ ।’
ओलीले जे भन्दा पनि समर्थन गर्न बानी परेका उपाध्यक्ष वामदेव गौतम झन् कस्सिए– ‘म भए त त्यसलाई त्यहीँ थुनाइदिन्थें । मन्त्रीलाई त्यस्तो भन्ने ?’ त्यतिबेलासम्म वरिष्ठ नेता नेपालको पनि पारो तातिसकेको रहेछ । उनले प्रतिवाद गरे– ‘थुनेर देखाउनूस् त † तपाईं राजा–महाराजा हो, तपाईंका बारेमा कुरा गर्न नपाउने ? खगराजले किन सिफारिस कार्यान्वयन गरेका छैनन् त ? कार्यकर्ताले मन्त्रीको आलोचना गर्न पाउँदैन ?’
रेवन्तले बुधबारसँग भन्नुभयो– ‘हामीले मन्त्रीजीसँग जिल्लाबाट भएको सिफारिसका बारेमा कुरा गर्न नपाउने ? पार्टीको सिफारिसमा उहाँहरू मन्त्री हुने अनि जिल्लाले संस्थागत रूपमा पठाएका कुरामा चाहिँ उहाँहरूले पालना गर्नु नपर्ने ? उहाँ पार्टीभन्दा माथिको हो र ?’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply