सभामुख असन्तुष्ट
काठमाडौं । अनिश्चितकालका लागि संविधानसभाको बैठक रोकेमा दलहरुबीच सहमति हुन्छ भनिए पनि एक महिना बित्दासमेत कुनै काम नहँदा संविधानसभाका अध्यक्ष सुवास नेम्वांग असन्तुष्ट बनेका छन् । दलहरुले सहमति गर्न नसकेको नभई नचाहेका हुन् भन्दै आएका नेम्वांगले आफ्नो असन्तुष्टी शीर्ष नेतासमक्ष राखिसकेका छन् ।
सभामुख नेम्वांगले विपक्षी नेता पुष्पकमल दाहालसँग कहिले सहमति गर्नुहुन्छ ? कति दिन भयो भने पुग्छ भनेर पटकपटक सोधिसकेका छन् । सभामुख नेम्वांगले पर्याप्त समय नदिएर प्रक्रिया सुरु गरेका कारण सहमतिको वातावरण बिग्रेको आरोप लगाउने एमाओवादीले एक महिना बित्दासमेत कुनै सहमति हुन नसकेपछि सभामुख नेम्वांगको प्रश्नको जवाफ दिन सकेको छैन ।
उता सत्तारुढ दलका नेताहरुसँग पनि सभामुख नेम्वांगले यही प्रश्न गर्ने गरेका छन् । प्रक्रियामा जान दवाव दिने बेलामा सत्तारुढ दलका शीर्ष नेताहरुले प्रक्रिया सुरु गरेमा त्यसबाट एमाओवादीमाथि सकारात्मक असर पर्ने र संविधान निर्माणले गति लिने विश्वास उनलाई दिलाएका थिए । नेम्वांग निकट स्रोतले भन्यो– ‘न प्रक्रिया अघि बढ्यो, न त सहमतिका लागि नै ठोस प्रयास भयो । बेकारमा सभामुखलाई मात्र विवादित बनाउने काम भयो ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply