‘संविधान माओवादीलाई लेख्न दिनुपर्छ’
काठमाडौं । दलहरूले दुई वर्षभित्र संविधान बनाउँछौं भनेर जनताका बीचमा वाचा गरेको सात वर्ष बितेको छ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेर दोस्रो संविधानसभा गठन भएको पनि डेढ वर्ष नाघिसकेको छ । तर, संविधान किन बन्न सकेको छैन त ?
पूर्वप्रधानन्त्री डा. तुलसी गिरीको विचार सुन्ने हो भने संविधान बनाउने सिद्धान्तमै अलमल रहेकाले नेपालमा संविधान बन्न सकेको छैन । ‘लचकता (फ्लेक्जिविलिटी) कुनै सिद्धान्तै होइन’ भन्ने विचारमा विश्वास राख्ने डा. गिरी अहिले सक्रिय राजनीतिमा हुनुहुन्न । तर, सूचनामाथिको पहुँच, पडक र विश्लेषण क्षमतामा कमी नल्याएका उहाँ ‘दलहरूले आफ्ना सिद्धान्त छोड्दै जानु’लाई समस्या ठान्नुहुन्छ । माओवादीले उठाएको गणतन्त्र कांग्रेस र एमालेले स्वीकार गर्नु अनि कांग्रेस र एमालेले उठाएको बहुदलीयता माओवादीले मान्नुलाई उहाँ ‘लचकता’ मान्नुहुन्न, अवसरवाद मान्नुहुन्छ ।
जसले जे विचार बोकेको छ, त्यसैमा अडिग रहेर राजनीति गर्नुपर्छ भन्ने धारणा राख्नुहुने डा. गिरी गणतन्त्र माओवादीको एजेन्डा भएका कारण अबको संविधान उसैले भने अनुसार लेखिनुपर्ने धारणा राख्नहुन्छ । ‘त्यो पनि एउटा प्रयोग हो, भोलि ठीक भएन भने ५–१० वर्षमा फेर्नूस्’– उहाँ भन्नुहुन्छ– ‘तर संविधान चाहिँ उसैलाई लेख्न दिनुपर्छ ।’ यसका पछाडि के कारण छ त ? उहाँ इतिहासलाई आफ्नो किसिमले व्याख्या गर्दै भन्नुहुन्छ– ‘००७ सालमा राणाले हारे, राजा र कांग्रेसले जिते, त्यसै अनुसारको संविधान लेखियो । ०४६ सालमा कांग्रेस–एमालेले भने जस्तो भयो र त्यही अनुसारको संविधान लेखियो । अनि अहिले माओवादीले भने अनुसार भएपछि त्यही अनुसारको संविधान किन नलेख्ने ?’ अहिले सार्वजनिक रूपमा नबोल्ने मान्यता राखेका डा. गिरीले राजनीतिका अरू विषयमा चाहिँ मुख खोल्न मान्नुभएन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply