‘संविधान माओवादीलाई लेख्न दिनुपर्छ’
काठमाडौं । दलहरूले दुई वर्षभित्र संविधान बनाउँछौं भनेर जनताका बीचमा वाचा गरेको सात वर्ष बितेको छ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेर दोस्रो संविधानसभा गठन भएको पनि डेढ वर्ष नाघिसकेको छ । तर, संविधान किन बन्न सकेको छैन त ?
पूर्वप्रधानन्त्री डा. तुलसी गिरीको विचार सुन्ने हो भने संविधान बनाउने सिद्धान्तमै अलमल रहेकाले नेपालमा संविधान बन्न सकेको छैन । ‘लचकता (फ्लेक्जिविलिटी) कुनै सिद्धान्तै होइन’ भन्ने विचारमा विश्वास राख्ने डा. गिरी अहिले सक्रिय राजनीतिमा हुनुहुन्न । तर, सूचनामाथिको पहुँच, पडक र विश्लेषण क्षमतामा कमी नल्याएका उहाँ ‘दलहरूले आफ्ना सिद्धान्त छोड्दै जानु’लाई समस्या ठान्नुहुन्छ । माओवादीले उठाएको गणतन्त्र कांग्रेस र एमालेले स्वीकार गर्नु अनि कांग्रेस र एमालेले उठाएको बहुदलीयता माओवादीले मान्नुलाई उहाँ ‘लचकता’ मान्नुहुन्न, अवसरवाद मान्नुहुन्छ ।
जसले जे विचार बोकेको छ, त्यसैमा अडिग रहेर राजनीति गर्नुपर्छ भन्ने धारणा राख्नुहुने डा. गिरी गणतन्त्र माओवादीको एजेन्डा भएका कारण अबको संविधान उसैले भने अनुसार लेखिनुपर्ने धारणा राख्नहुन्छ । ‘त्यो पनि एउटा प्रयोग हो, भोलि ठीक भएन भने ५–१० वर्षमा फेर्नूस्’– उहाँ भन्नुहुन्छ– ‘तर संविधान चाहिँ उसैलाई लेख्न दिनुपर्छ ।’ यसका पछाडि के कारण छ त ? उहाँ इतिहासलाई आफ्नो किसिमले व्याख्या गर्दै भन्नुहुन्छ– ‘००७ सालमा राणाले हारे, राजा र कांग्रेसले जिते, त्यसै अनुसारको संविधान लेखियो । ०४६ सालमा कांग्रेस–एमालेले भने जस्तो भयो र त्यही अनुसारको संविधान लेखियो । अनि अहिले माओवादीले भने अनुसार भएपछि त्यही अनुसारको संविधान किन नलेख्ने ?’ अहिले सार्वजनिक रूपमा नबोल्ने मान्यता राखेका डा. गिरीले राजनीतिका अरू विषयमा चाहिँ मुख खोल्न मान्नुभएन ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply