दीपकको दिनगन्ती सुरु
काठमाडौं । नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालले आफ्नो व्यावसायिक स्वार्थ पट्याउनका निम्ति वडाध्यक्षसम्म नभएका दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिलाउनुभयो । ०४७ सालदेखि नै खनालको स्वकीय सचिव रहेका मन्त्री अमात्यले मन्त्रीको पद र हैसियतअनुरूप काम गर्न छाडेपछि भने उहाँको पद धरापमा पर्ने सम्भावना बढ्दै गएको छ । मन्त्री अमात्यको शंकास्पद एवम् अपारदर्शी गतिविधि देखेर अहिले एमाले अध्यक्ष केपी शर्मा ओली दिक्क मात्र बन्नुभएको छैन, अमात्यलाई टपक्क टिपेर मन्त्री बनाउन मुख्य भूमिका खेल्ने पूर्वअध्यक्ष खनालसामु तीखो असन्तुष्टिसमेत पोखिसक्नुभएको छ । एमालेको कोटाबाट मन्त्री बन्नुभएका अमात्यले विदेश भ्रमणमा जानुअघि पार्टी अध्यक्षलाई जानकारी गराउनु एउटा अनिवार्य पक्ष हो । तर, मन्त्री अमात्यले पद सम्हालेपछि एयरबस ल्याउनेदेखि अरू निजी कामहरूका सन्दर्भमा पटक–पटक विदेश भ्रमण गरिसक्नुभएको छ । आफ्नो विदेश भ्रमणबारे अध्यक्ष ओलीलाई पूर्वजानकारी गराउने आवश्यकता मन्त्री अमात्यले नदेखेपछि अहिले उहाँप्रति ओलीले असन्तुष्टि जाहेर गरेको बताइन्छ ।
केही दिनअघि मात्रै अध्यक्ष ओलीले पूर्वअध्यक्ष खनालसामु मन्त्री अमात्यको सन्देहास्पद विदेश भ्रमण र स्वदेशमै पनि शंकास्पद भेटघाटलाई तीव्र बनाएको बारे गुनासो पोख्नुभएको थियो । ओलीले खनाललाई स्पष्ट शब्दमा ‘अमात्य पटक–पटक विदेश गइरहेका छन् । विदेश जानुअघि पार्टी अध्यक्षलाई जानकारी दिनु पर्दैन ? कसको अनुमति लिएर उनी विदेश गएका हुन् ? यस्तो स्वेच्छाचारी ढंगले चलेर हुन्छ ?’ भनेर सातो लिएको बताइन्छ । भीम आचार्यलाई खनालकै जोडबलमा हटाएर अमात्यलाई सोही मन्त्रालय र कर्णबहादुर थापालाई उद्योग मन्त्रीबाट बर्खास्त गरेर महेश बस्नेतलाई जिम्मेवारी दिनेमा अध्यक्ष ओली र खनालको सहमति बनेको थियो । तर, आफैंले सिफारिस गरेका मन्त्री अमात्यले आफैंलाई टेरपुच्छर नलगाएपछि ओली रुष्ट बनेको बताइन्छ । मन्त्री बनेपछि अमात्यले पदीय मर्यादाको ख्याल नराखी केही व्यापारीहरूको सल्लाह र प्रलोभनमा परेर शंकास्पद गतिविधि गरिरहेकोप्रति पनि अध्यक्ष ओलीलाई चित्त नबुझेको बताइन्छ । करिब डेढ महिनाअघि मन्त्री अमात्यले गार्ड र झन्डाबिनै रूपन्देहीको एउटा गाउँमा पुगेर केही ठेकेदारहरूलाई सुटुक्क भेट्दा अमात्यको सर्वत्र आलोचना हुन पुगेको थियो । त्यतिबेला, मन्त्रालयबाट मन्त्री निवास पुल्चोक फर्किएका मन्त्री बिनाजानकारी नै लुम्बिनी पुगेपछि क्वार्टरमै हल्लीखल्ली मच्चिएको थियो । त्यसयता पनि मन्त्री अमात्य बिनाझन्डावाल गाडी चढेर व्यापारीहरूलाई भेट्न जाने र आफ्नो काम पट्याउने गरेका कारण आलोचित बन्दै आउनुभएको छ । मन्त्री अमात्यको शंकास्पद गतिविधि देखेपछि र आफूलाई कुनै ‘रेस्पोन्स’ नगरेपछि अमात्यलाई मन्त्रीबाट बर्खास्त गर्दा के होला ? भन्ने छलफल ओली निवास बालकोटमा चल्न थालिसकेको बताइन्छ । कुनै दिन ‘असक्षम’ घोषित गर्दै मन्त्री अमात्यलाई बर्खास्त गरियो भने आश्चर्य नमान्नुपर्ने बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply