पैसा बुझाउनेलाई प्याक्ट
काठमाडौं । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले ‘मोटो रकम’ बुझाउन सक्षम एक जना सहसचिवलाई मन्त्रालयकै एउटा ठूलो र आकर्षक आयोजनाको प्रमुख बनाएका छन् । डेढ वर्ष अवधि मात्रै बाँकी रहेका सहसचिव इन्द्रकान्त झालाई मन्त्री पराजुलीले व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को आयोजना निर्देशकमा केही दिनअघि मात्रै नियुक्त गरेका हुन् ।
सूत्रका अनुसार, नवनियुक्त आयोजना निर्देशक झाले मन्त्री पराजुलीलाई ५० लाखभन्दा माथिकै रकम बुझाएर प्याक्टमा गएको चर्चा छ । प्याक्टको सुरुआतदेखि नै प्रमुख रहेका योगेन्द्रकुमार कार्कीलाई मन्त्रालयमा तानेर बढी रकम बुझाउन सक्ने व्यक्तिको खोजीमा लागेका मन्त्री पराजुलीले पछिल्लो समय झालाई फेला पारेका हुन् ।
विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित प्याक्टको प्रमुख हुनका लागि विश्व बैंकले सहमति दिनुपर्छ । तर, झालाई आयोजना निर्देशकमा ल्याइँदा उनलाई विश्व बैंकले सहमति दिएको वा नदिएको बारे भने मन्त्रालयकै सहसचिवहरूलाई कुनै जानकारी रहेको पाइँदैन । केही दिनअघि मात्रै अहिले मन्त्रालयको योजना महाशाखाको प्रमुख रहेका सहसचिव कार्कीलाई
मन्त्रालयकै एक जना कर्मचारीले ‘झाको लागि विश्व बैंकले एप्रुभल दियो त ?’ भनेर सोध्दा कार्कीले ‘खै, मलाई त थाहा नै भएन’ भनेर अनभिज्ञता प्रकट गरेका थिए ।
त्यसो त, कुनै पनि आयोजना प्रमुख हुनेको जागिरको अवधि तीन वर्षभन्दा बढी नै हुनुपर्ने प्रावधान रहेको छ । तर, झाको अवधि भने डेढ वर्षभन्दा बढी रहेको छैन । डेढ वर्ष अवधि पनि नभएको झालाई मन्त्री पराजुलीले मोटो रकमकै प्रलोभनमा परेर आयोजना निर्देशक बनाएको स्पष्ट देखिन आउँछ ।
प्याक्टका नवनियुक्त आयोजना निर्देशक झा यसअघि विभिन्न परियोजनाहरूमा रहेर काम गरिसकेका कर्मचारी हुन् । उनी जुनोसिस रोग नियन्त्रण आयोजनामा हुँदा लाखौं भ्रष्टाचार गरेको आरोप झेलिसकेका छन् । त्यही कारण उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइन्छ । पटक–पटक अख्तियारको छानबिनको दायरामा परेका झालाई मन्त्री पराजुलीले भने कृषि विकास मन्त्रालयकै कमाउ आयोजनाको निर्देशक बनाएर पुरस्कृत गरेपछि मन्त्रालयका कर्मचारीहरू चकित परेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply