योगेशले सम्हाले प्रचार
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मंगलबारबाट प्रचार विभाग सम्हालेका छन् । हालै भएको कार्यविभाजन अनुसार उक्त जिम्मेवारी पाएका भट्टराईलाई निवर्तमान प्रमुख प्रदीप ज्ञवालीले विभागको माइन्युट, ल्यापटप र १० पृष्ठको विगतका कामको समीक्षा हस्तारण गर्नुभएको थियो ।
बल्खुमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख भट्टराईले अहिले लामो बोल्नुभन्दा केही काम गरेर देखाउनका लागि आफू आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म आज केही नर्भस पनि छु । जाँचमा बसेको विद्यार्थी जस्तो भएको छ । आशा छ, चिट नचोरी पहिलो श्रेणीमा उत्तीर्ण हुनेछु र पाँच वर्षपछि बिदा लिने बेलामा अलि लामो बोल्नेछु ।’ विस्तृत योजना विभाग निर्माणपछि बैठक बसेर घोषणा गर्ने भए पनि आफ्ना केही सोचहरू रहेको भन्दै उहाँले अहिले १४ हजार प्रति छापिने पार्टीको मुखपत्र नवयुगलाई पहिलो दुई वर्षमा ५० हजारमा पुर्याउने र पाँच वर्षभित्र एक लाख बनाउने घोषणा पनि गर्नुभयो । साथै, प्रचार विभागका तर्फबाट प्रत्येक वर्ष ५० हजार राशिको मदन भण्डारी पुरस्कार प्रदान गर्ने, नवयुवमा प्रत्येक महिना एक मातृभाषाको रचना प्रकाशित गर्ने, वर्षमा एक पटक मातृभाषा विशेषांक प्रकाशित गर्ने, पत्रकारितामा थेसिस लेख्नेलाई अग्रज नेताका नाममा छात्रवृत्ति प्रदान गर्ने जस्ता सोच सार्वजनिक गर्नुभयो ।
पाँच वर्षसम्म विभागको सफलतापूर्वक कार्यभार सम्हाल्नुभएका सचिव ज्ञवालीले नयाँ प्रमुखको नेतृत्वमा अझै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । ज्ञवालीले नेतृत्व सम्हालेयता पहिलो पटक नेपाल पत्रकार महासंघमा वामपन्थी पत्रकारहरूले विजय हासिल गर्नुका साथै एकोर्याब, वानलगायतका सामुदायिक संगठनमा पकड बलियो बनेको थियो ।कार्यक्रममा अर्का सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमाले विचारमा राम्रो पार्टी भए पनि प्रचार राम्रो हुन नसकेका कारण नै पहिलो पार्टी बन्न नसकेको बताउँदै त्यसका लागि प्रचारको मोर्चा बलियो हुनुपर्ने सुझाव दिनुभयो । विभागका निवर्तमान सचिव तथा नवनियुक्त उपप्रमुख सूर्य थापाले विगत पाँच वर्षमा भएका कामहरूको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, पूर्वअध्यक्ष शिव गाउँले, एकोर्याबका अध्यक्ष मोहन चापागाईं, सामुदायिक रेडियोहरूको विश्व संगठनका एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष मीनबहादुर शाही, वानका संस्थापक अध्यक्ष विष्णुहरि ढकाललगायतको उपस्थिति थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply