त्यता पनि माधवकै मान्छे
काठमाडौं । एमालेको महाधिवेशन सम्पन्न भएको १० पहिना पुग्दा पनि त्यतिबेलाकै प्यानलका आधारमा स्थानीय तहसम्म निर्वाचन हुने क्रम रोकिएको छैन । यसक्रममा उदयपुरमा अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालको खेमा बाँडिएर भएको चुनावमा नेपाल पक्षधरले जितेका छन् ।
शनिवार विहान सकिएको सातौँ जिल्ला अधिवेशनको मतगणना अनुसार ओली पक्षधर दुर्गा थापालाई २७ मतले पराजित गर्दै नेपाल पक्षधर ईश्वर राउत चार वर्षका लागि जिल्ला अध्यक्ष चुनिएका छन् । उदयपुरमा यसअघि ओली पक्षधर वेदप्रसाद पोखरेलको नेतृत्व थियो । उपाध्यक्षमा राउतको प्यानलका गीता रेग्मी र कालु लामा भिडेकाले थापा प्यानलका विमल कार्कीलाई चिठा परेको छ भने सचिव र उपसचिवमा रावत प्यानलकै प्रमेश घिमिरे र काजी श्रेष्ठले जितेका छन् ।
६३ सदस्यीय जिल्ला कमिटीमा अधिकांश नेपाल पक्षधरले जितेका छन् । केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, पूर्वसांसद सुरेश कार्कीलगायतका नेताहरु नेपाल पक्षलाई जिताउन र सगरमाथा इन्चार्ज रामप्रित पासवान, पूर्वसांसद विष्णुबहादुर रावतलगायतका नेताहरु ओली पक्षलाई जिताउन फिल्डमा खटिएका थिए । अधिवेशनको उद्घाटन गर्न पुगेका महासचिव ईश्वर पोखरेलले ओली .पक्षधर नेताहरुलाई अलग्गै भेटेर जित्न उत्साहित पारेर फर्किएका थिए ।
पछिल्लो दिनमा भएका जिल्ला अधिवेशनहरुमा एकपछि अर्को गर्दै नेपाल पक्षधरहरुले जित्दै आएका छन् । पहिला ओली पक्षधरहरुको पकडमा रहेका जाजरकोट, सुर्खेत, बाँके, सर्लाही, धनुषा, सिरहा, डडेल्धुरालगायतका जिल्लामा नेपाल पक्षले विजय हासिल गरेको छ ।
आगामी साता महोत्तरी र ओखलढुंगामा एमालेका जिल्ला अधिवेशनहरु हुँदैछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply