वायुसेवामा अन्योल
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले राजीनामा दिएको एक महिना पुग्न लाग्दा पनि नयाँ महाप्रबन्धक कसलाई बनाउने भन्ने अन्योल हटेको छैन । यसअघि भएका समझौता अनुसार विदेशबाट जहाज धमाधम आउन थाल्दा निगम चाहिं नेतृत्वविहीन भएको छ ।
संस्थान निर्देशन बोर्डको सिफारिसमा चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट आएका खरेलले १ वर्ष ९ महिना बाँकी छँदै छोडेपछि निगममा महाप्रबन्धकमा थुपै्रले रुचि देखाए पनि पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको अयोग्यताका कारण त्यसको सामान्य प्रक्रिया पनि सुरु हुन सकेको छैन । तत्कालका लागि कार्यरतमध्येका वरिष्ठ कर्मचारी श्रीमती किरण पौडेल क्षेत्रीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । दैनिक कार्यसञ्चालन र अन्य प्रशासनिक कार्यबाहेक नीतिगत नीर्णय लिने अधिकार नहुने हुनाले निमित्त महाप्रबन्धकको खासै भूमिका हँुदैन । त्यसमाथि कुनै जोखिम लिन र विवादमा पर्न नचाहने तथा गाह्रो अप्ठेरो अवस्था आइपरेमा राजीनामा दिने मुडमा रहेकी क्षेत्रीबाट धेरै अपेक्षा गर्न नसकिने कर्मचारीहरू बताउँछन् ।
महाप्रबन्धक फेरि खुला प्रतिस्पर्धाबाट ल्याउने वा सिधै नियुक्ति दिने भन्नेमा अन्योल छ । मन्त्री अमात्यले पनि खासै चासो नदेखाएको तथा विमल वाग्लेसंयोजकत्वको बोर्डले पनि केही नबताएकाले अन्योल भएको कर्मचारीहरू बताउँछन् । निगममा एमाले वरिष्ठ नेता झलनाथ खनालको विशेष दबाबमा नियुक्त भएका बोर्ड अध्यक्ष शिवशरण न्यौपाने आफैं महाप्रबन्धकसमेतको अधिकार लिने दाउमा छन् । सुरुमै कार्यकारी अधिकारसहितको अध्यक्ष भनेर महाप्रबन्धक खरेललाई ‘पेन्डुलम’ बनाउने न्यौपानेको योजना थियो । तर, सर्वत्र विरोध भएपछि उनी त्यस्तो योजनामा सफल भएका थिएनन् । मन्त्री अमात्यसँग कार्यक्रम मिलाएर अध्यक्ष न्यौपाने अहिले बैंकक पुगेका छन् । त्यसैले मन्त्री अमात्य नफर्किएसम्म निगमको महाप्रबन्धक कसरी चयन हुने हो भन्ने कुरा अन्योलमै रहेको बताइन्छ ।
यता, निगमकै पूर्वनिर्देशक गोवद्र्धन श्रेष्ठ महाप्रबन्धकमा नियुक्ति लिन एमाले नेताको घर धाउन थालिसकेका छन् । ‘म पनि एमालेनिकट कर्मचारी हुँ र अहिले पार्टीको सरकार रहेकाले मेरो हुन्छ’ भन्दै उनी जसरी हुन्छ महाप्रबन्धक नबनी नछोड्ने ध्याउन्नले नेताको दैलो चहार्न थालेको बताइन्छ । एमालेको नाम भजाएर विगतमा निगमबाट लिनुसम्म फाइदा लिइसकेका श्रेष्ठ पछिल्लो पटक आफूले भनेजस्तो नभएपछि नयाँ कर्मचारी युनियन दर्ता गर्ने भन्दै एमालेनिकट कर्मचारी युनियन फुटाउन खुबै लागेका थिए ।
गौतमदास श्रेष्ठ महाप्रबन्धक भएको बेला र्आिर्थक जिम्मा सम्हालेका खड्काले त्यतिबेला एमालेलाई नै बद्नाम बनाउने गरी काम गरेकाले उनलाई निगममा हेर्न पनि दिन नहुने एमाले निकट कर्मचारीहरु बताउँछन् । निगमकै पूर्व अध्यक्ष सुगतरत्न कंसाकार पनि दौडमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply