गोवद्र्धनले बाजी मार्लान् ?
काठमाडौं । नेपाल वायुसेवा निगममा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि तीव्र प्रतिस्पर्धा चलेको छ । १ वर्ष ९ महिना कार्यकाल बाँकी रहँदै मदन खरेलले राजीनामा दिएपछि एक महिनाअघि देखि उक्त पद रिक्त छ ।महाप्रबन्धक बन्नका लागि निगमकै पूर्वनिर्देशक गोवद्र्धन खड्का अन्तिम दौडमा छन् भने निगमको कार्यकारी अध्यक्ष भइसकेका सुगतरत्न कंशाकार पनि दौडधुपमै छन् ।
आर्थिक हिसाबले जर्जर भइसकेको निगमले नयाँ जहाज थप्न लागिरहेका बेला कार्यकारी नेतृत्व रिक्त रहँदा समस्या पैदा भएको छ । आफू नेकपा (एमाले)मा आबद्ध भएकाले एमालेले सम्हालेको पर्यटन मन्त्रालयअन्तर्गतको यो नियुक्ति कुनै हालतमा चुक्न दिन नहुने भन्दै खड्का लागेको बताइन्छ । अध्यक्ष शिवशरण न्यौपाने पनि खड्काप्रति सकारात्मक भएको भन्दै लबिङ भइरहेको छ । न्यौपाने आफैं पनि पाएसम्म कार्यकारी अध्यक्ष बन्न पाइन्छ कि भनेर दौडधुपमा नभएका होइनन् ।
संस्थान निर्देशन
बोर्डले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्न प्रक्रिया सुरु गरे पनि तत्काल छ महिनाअघि नियुक्त नहुने सम्भावना रहेको बताइन्छ । त्यसैले छ महिनासम्म निगमलाई नेतृत्वविहीन पार्न नहुने भन्दै पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोजेको बताइन्छ । ‘मन्त्री अमात्य पनि पार्टीले भनेकै व्यक्तिलाई महाप्रबन्धक बनाउने भन्दै खड्काको पक्षमा सकारात्मक भइसकेका छन्’– स्रोतले भन्यो । संस्थान निर्देशन बोर्डको प्रक्रियामा लान समय लाग्ने भएकाले हालका लागि सो सूचीबाट निगमलाई हटाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पारित गरेर सरकारले सिधै महाप्रबन्धक नियुक्त गर्न सक्छ । मन्त्री अमात्यले त्यसका लागि आवश्यक कागजात तयार पारी आगामी मन्त्रिपरिषद् बैठकका लागि एजेन्डा तयार पार्न सचिवलाई निर्देशन दिएको बुझिएको छ ।
यता, निमित्त महाप्रबन्धक किरण पौडेल राणा क्षेत्रीको अस्वस्थताका कारण अहिले निगमको निमित्तको कार्यभार रमेशबहादुर शाहले पाएका छन् । यसअघि ‘यो वा ऊ महाप्रबन्धक हुनुपर्ने’ भनेर लबिङ गर्ने कर्मचारी संगठनका नेताहरू यस पटक भने त्यति उग्र देखिएका छैनन् । उनीहरूले सरकारले जसलाई नियुक्त गरे पनि निगमलाई छिटो निकास देओस् भन्ने धारणा संयुक्त रूपमा राख्दै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply