बालकोटमा रमाइलो जमघट
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओली निवासमा हिजो बिहेघरको जस्तै रमझम थियो । नयाँ वर्ष २०७२ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि ओली निवासमा एकातिर पञ्चेबाजाको धुन बजिरहेको थियो भने अर्कातिर सेलरोटी, पुरी, तरकार पकाउन भ्याइ–नभ्याई थियो ।
‘झापा आन्दोलनका प्रत्यक्ष सहकर्मीसँगको भेटघाट र नयाँ वर्षको शुभकामना आदान–प्रदान’ नाम दिइएको कार्यक्रम अनौपचारिक भनिए पनि पछि एकाएक औपचारिक बनेको थियो । एमालेनिकट निजामती कर्मचारी संगठनका पदाधिकारी शुभकामना आदान–प्रदानका लागि बालकोट पुगेपछि उनीहरूले नै कार्यक्रमलाई औपचारिकता दिएका थिए ।
झापा आन्दोलनका अगुवा
अध्यक्ष ओलीको निम्तो मान्न कार्यक्रममा झापा आन्दोलनका सहभागीहरूको ठूलो उपस्थिति थियो । एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा (माले)का महासचिव सीपी मैनाली, एमाले नेताहरू राधाकृष्ण मैनाली, नरेश खरेल, सभासद् अम्बिका खवास, घनेन्द्र बस्नेत, सहिद पत्नीहरू विशेश्वरा दाहाल, जीवन घिमिरेदेखि जीवन मगरसम्मको उपस्थिति थियो । कार्यक्रममा सहभागी हुन झापाबाट सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, दधिराम उप्रेती, नेत्रप्रसाद राजवंशी, कृष्ण सेढाई, अम्बर कार्की, नारद वाग्ले, षडानन्द वाग्ले, विष्णु प्रसाईं, हरिचरण सिवाकोटी, टीका निरौलालगायतका झापा आन्दोलनका सहभागीहरू बालकोट आएका थिए ।
कार्यक्रमको विशेष केन्द्रमा मालेका महासचिव सीपी मैनाली थिए । मैनालीलाई वरिष्ठ नेता खनालले एमालेमा आउन प्रस्ताव गरेपछि त्यहाँको माहोलले अर्कै रूप लिएको थियो । ‘राधाकृष्णजी आइसक्नुभयो, तपार्इं पनि अलग नबस्नूस्, आउनूस् एकै ठाउँ बसौं’ भन्दै खनालले प्रस्ताव राख्दा ताली बजेको थियो । छेउमै बसेका सीपीका दाजु आरकेले पनि ताली बजाएका थिए । अध्यक्ष ओलीले पनि अलिअलि भूमिका बाँधेर सीपीलाई एमालेमा आउन आग्रह गरेका थिए । ओलीको भनाइ उद्धृत गर्दै आरकेले भने– ‘त्यस समयमा झापा आन्दोलनले नेपालको राजनीतिमा नयाँ जागरण ल्याएको थियो । मान्छे यिनै हुन्, हामी सबै सँगै रह्यौं भने अहिले पनि नयाँ जागरण ल्याउन नसकिने होइन ।’ अध्यक्ष ओलीले सीपीको भूमिकालाई पनि सकारात्मक रूपमा प्रस्तुत गरेका थिए ।
सीपीले पनि एकदमै नम्र भाषामा टिप्पणी गरेका थिए– ‘नेपाल कम्युनिस्ट पार्टीको स्थापना, झापा आन्दोलन, नेकपा (माले)को गठन गर्दाका प्रतिबद्धताहरूबाट म विचलित भएको छैन । ती प्रतिबद्धतामा टेकेर के गर्न सकिन्छ, त्यो गर्न म अहिले पनि तयार छु ।’ तर, यसो भनिरहँदा सीपीले एमालेले अहिले आत्मसात् गरिरहेको जनताको बहुदलीय जनताको सिद्धान्तको नाम भने लिएनन् । तर, उनको आशय जबजलाई केही परिवर्तन गर्नुपर्छ भन्ने थियो । सीपीले भने– ‘म कति सुध्रनुपर्ने हो, अरू को–को कति–कति सुध्रनुपर्ने हो ? त्यसका लागि म तयार छु ।’ यो कार्यक्रमले राजनीतिमा लागिरहेका र राजनीतिको विसर्जनमा पुगिसकेकाहरूलाई पनि नयाँ ऊर्जा मिलेको नेता आरकेले बताए । उनले भने– ‘तर यो कार्यक्रम घरमा नगरेर पार्टी कार्यालयमै गरेको भए अझ धेरै प्रभावकारी हुने थियो ।’ कार्यक्रममा १५/१६ वर्षभन्दा माथि र ७० वर्षको हाराहारीका गरी तीनपुस्ताको सहभागिता थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply