भूकम्पबाट कति क्षति ?
काठमाडौं । बैशाख १२ गते दिउँसो ११.५६ बजे आएको बिनाशकारी महाभूकम्पका कारण हिजोसम्म ७ हजार ५ सय ५७ जनाको ज्यान गइसकेको छ ।
मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा २९ सय ११, नुवाकोटमा ९ सय ४, धादिङमा ६ सय ८०, गोरखामा ४ सय १२, रसुवामा ४ सय ३३, काभ्ेरमा ३ सय १५, भक्तपुरमा ३ सय ४, ललितपुरमा १ सय ७३, काठमाडौंमा १२ सय २, दोलखामा ६९, मकवानपुरमा ३४, रामेछापमा २६, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जना छन् ।
तीमध्ये नेपाली सेना ३, नेपाल प्रहरी ५, शसस्त्र प्रहरी १, निजामति कर्मचारी ११ र विदेशी नागरिक ५७ जना रहेको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, १४ हजार ५ सय ३६ जना घाइते भएका छन् । जसमा सर्वसाधारण १४ हजार १ सय ५९, नेपाल प्रहरी १ सय ४०, सशस्त्र प्रहरी २१, विदेशी नागरिक ५१ जना छन् ।
गृह मन्त्रालयका अनुसार, २ लाख १ हजार ८ सय २ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने १ लाख ८९ हजार ९ सय ३ घरमा आंशिक क्षति पुगेको छ ।
क्षतिको विवरण संकलन गर्ने काम जारी रहेकाले अन्तिम रिपोर्ट आइनसेको पनि गृहले जनाएको छ । राहत वितरणका लागि अति प्रभावित जिल्लाहरूमा अहिलेसम्म झण्डै २ अर्व रुपियाँ निकासा गरेर पठाइसकिएको पनि जनाइएको छ ।महाभूकम्पबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । उक्त जिल्लामा मात्र मृतकको संख्या ३ हजार ५ सय नाघेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply