बल्खुबाट अब च्यासलमा
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय बल्खुबाट सर्ने भएको छ । बैशाख १२ गते आएको महाभूकम्पले बल्खुमा रहेको भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त बनाएपछि कार्यालय सार्न लागिएको हो ।
आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालय त्यहाँबाट सार्ने निर्णय गरेको हो । तर, कहाँ सार्ने भन्ने निर्णय भने भइनसकेको बताइन्छ । स्रोतका अनुसार, ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टी कार्यालय सार्नेबारे अनौपचारिक कुराकानी चलिरहेको छ । नयाँ कार्यालय व्यवस्थापनको अनौपचारिक जिम्मेवारी पोलिट्व्यूरो सदस्य तथा आर्थिक विभाग प्रमुख विष्णु रिमाललाई दिने बुझिएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने विषयमा रिमाललाई सोध्दा यसबारे निर्णय भइनसकेको बताउनु भयो । उहाँले भन्नुभयो–‘ त्यो हाम्रो कुरा हो तर दुई फरक–फरक संस्था भएकाले अर्को पक्षसँग पनि कुरा गर्नुपर्छ । उहाँहरूसँग कुरा भइसकेको छैन ।’
तुल्सीलाल प्रतिष्ठानमा दुईटा अत्याधुनिक भवन र पार्किङका लागि पनि प्रशस्त जमिन भएकाले सकेसम्म कार्यालय त्यहीं लैजान पहल हुने बताइन्छ ।
बल्खुमा रहेको कार्यालय भत्किएपछि अहिले बाहिर चौरमा दुई पाकिस्तानी र चारवटा टेन्ट गाडेर कार्यलय सुचारु गरिएको छ । आइतबार सशस्त्र प्रहरीको सहयोगमा पार्टी कार्यालयभित्र रहेका सबै सामग्रीहरू सुरक्षित साथ बाहिर निकालिएको थियो ।
खासगरी, केन्द्रीय सचिवालय, संगठन विभाग र आर्थिक विभागमा रहेका महत्त्वपुर्ण कागजात सबै बाहिर निकालिसकेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अस्थायी रूपमा भए पनि अहिले कार्यालय संचालनमा आइसकेको छ । फ्यास्, टेलिफोन जस्ता अत्यावश्यक संचारका साधन पनि सञ्चालनमा आएका छन् । अब तीन महिनाभित्र कार्यालयलाई अन्यत्र सारिसकिने पनि कार्यालय सचिव श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply