पूर्वप्रधानमन्त्री नेपाललाई पितृशोक
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । उहाँका पिता मंगलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा हिजो बिहान ७.५ बजे आफ्नै निवास कोटेश्वरमा निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सम्पूर्ण जीवन शिक्षा क्षेत्र र समाजसेवामा समर्पित गर्नुभएका उहाँ रौतहटको गौरस्थित श्री ३ जुद्ध हाइस्कुलको प्रधानाध्यापक र रौतहट क्याम्पसको पूर्वक्याम्पस–प्रमुख समेत रहनुभएको थियो । संस्कृत साहित्यमा व्याकरणाचार्य उहाँका कादम्बरी (काव्यकथा), हाम्रो संस्कृति साहित्य र आदर्श नारी रत्नलगायतका दर्जनौं कृति प्रकाशित छन् । उहाँका माधवकुमार नेपाल, विनोदकुमार उपाध्याय र सरोजकुमार उपाध्याय गरी तीन छोरा र कालिका भण्डारी, इन्दिरा न्यौपाने र वसुधा पोख्रेल गरी तीन छोरी, बाह्र नातिनातिना र नौ पनाति–पनातिना हुनुहुन्छ ।
हिजै नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली एक शोक वक्तव्य जारी गरी दिवंगत उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेता नेपाल लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय उपाध्यायप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, सभासद्हरुलगायत कोटेश्वर निवास पुग्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply