महासचिवद्वारा तलब त्याग
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी काम गरेबापत पार्टीको केन्द्रीय कोषबाट नियमित प्राप्त हुने पारिश्रमिक त्याग गर्नुभएको छ । आफूले पूरै कार्यकाल (पाँच वर्ष) पाउने पारिश्रमिक पार्टीले भूकम्प पीडितका लागि खोलेको खातामा जम्मा गर्न उहाँले केन्द्रीय लेखा शाखालाई निर्देशन दिएको बुझिएको छ ।स्रोतका अनुसार, एमालेका पदाधिकारीलाई विशेष पारिश्रमिक नभई सबै केन्द्रीय सदस्यहरूले पाउने सरह मासिक १० हजार रुपियाँ प्राप्त हुन्छ । नवौं महाधिवेशन सम्पन्न भएयता १० महिनामा बुझेको पारिश्रमिक पनि फिर्ता गरी उहाँका तर्फबाट राहत कोषमा एकमुष्ट ६ लाख रुपियाँ जम्मा हुँदैछ । लेखा शाखा प्रमुख खेम पौडेलले भन्नुभयो– ‘महासचिव कमरेडले यो प्रचारको विषय होइन, मेरो पारिश्रमिक हिसाब गरी भूकम्प पीडित राहत कोषमा जम्मा गरिदिनु भन्नुभएको छ ।’
एमालेले अध्यक्ष र महासचिवलाई मासिक पारिश्रमिकका अलावा एक स्वकीय सचिव र खर्च भए जति इन्धनको व्यवस्था गर्ने गरेको छ । यसअघि सभासद् गगन थापा, कृपासुर शेर्पा र अभिशेषकप्रताप साहले सभासद् हुञ्जलेको पारिश्रमिक भूकम्पपीडितका लागि खर्च गर्ने घोषणा गरिसक्नुभएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply