दुई वरिष्ठबीच के भयो ?
काठमाडौं । खासमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई समवेदना दिन अरू नेता झैं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा कोटेश्वर महादेवस्थान पुग्नुभएको थियो । तर, अरू आगन्तुकलाई छोडेर माथिल्लो तलामा दुई पूर्वप्रधानमन्त्रीबीच आधा घन्टा कसरी राष्ट्रिय सहमतिको सरकार बनाउन सकिएला भन्ने विषयमा
छलफल भयो ।
स्रोतका अनुसार, आफ्नै पार्टी सभापतिको नेतृत्वमा सरकार भएका कारण उनलाई हटाएर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर देउवाले औपचारिक रूपमा भन्ने कुरा भएन । तर, उनले बुझिने गरी ‘म रेसमा छैन, जसले सक्ने हो राष्ट्रिय सरकार बनाए हुन्छ’ भन्दै प्रस्ट संकेत चाहिँ गरेका छन् । कसैले पनि वर्तमान सरकारले केही गर्न सक्छ भन्न सक्ने कुरै छैन । देउवाले पनि ‘यस्तो बेलामा के गर्या होला ? सरकारै छैन यहाँ भनेर भन्देखिनलाई’ भन्न लागेको एक महिनै बितिसकेको छ ।
सोमबार साँझ वरिष्ठ नेता नेपालसँग पनि देउवाले यही कुरा दोहोर्याएको बुझिएको छ । ‘मानिसहरूमा निराशा बढेको छ, सरकार छ भन्ने अनुभूति नै हुन छोडेको छ । यस्तो बेलामा छिटो राष्ट्रिय सरकार गठन गर्नुपर्यो’ भन्दै देउवाले त्यसका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए । उनको भनाइ थियो– ‘बुझिहाल्नुभएको छ नि, मैले धेरै कुरा गर्न मिलेन ।’
पिताजीको काजकिरियामा नबसे पनि दिनभर जस्तो भाइ विनोद र सरोजसँग कोटेश्वर महादेवस्थानकै पितृमुक्ति सदनमा बस्ने वरिष्ठ नेता नेपाललाई भेट्न आउने अरू नेताहरूले पनि राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न आग्रह गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply