दुई दिनमै एमालेले बनायो सयौं टहरा
काठमाडौं । भूकम्पपीडितका लागि पुन:स्थापनाको अभियान लिएर प्रभावित १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा खटिएमा नेकपा (एमाले)का स्वयंसेवकहरूले दुई दिनमै सयौं टहरा निमाणर््ा गरेर भूकम्पपीडितलाई ओतको व्यवस्था गरिदिएका छन् ।आइतबारबाट सुरु भएको यो अभियानमा उपत्यकामा खटिएका स्वंयसेवकहरूले भोलिपल्ट बाट काम शुरु गरे पनि बाहिरका कतिपय ठाउँमा मंगलबारबाट मात्र काम सुरु भएको छ ।
काम सुरु गरेको दुई दिनमै उपत्यकामा सबैभन्दा बढी घर निर्माण भएका छन् । त्यसमा पनि सबैभन्दा बढी ललितपुर र भक्तपुरमा खटिएका टोलीले तीव्रताका साथ टहरा निर्माण गरेका छन् । ललितपुरमा हिजोसम्ममा ४० टहरा निर्माण भइसकेका छन् । जसमा क्षेत्र नं १ को चापागाउँमा १४ वटा, गोदावरीमा २ वटा, क्षेत्र नं २ को लामाटारमा १३ वटा र क्षेत्र नं ३ को बुङमतिमा ८ अस्थायी घर निर्माण भइसकेको छ ।
त्यस्तै, भक्तपुरको क्षेत्र नं १ मा १० वटा अस्थायी घर निर्माण गरिएको र क्षेत्र नं २ को स्वयंसेवकको टोली भत्किएका घरहरूको भग्नावशेष निकाल्नमा खटिएको टोली नेता सोम मिश्रले बताए । एमालेको स्वयंसेवक टोलीले काठमाडौका पनि १० वटै निर्वाचन क्षेत्रमा धमाधम टहरा निर्माण गरिरहेको छ । क्षेत्र नं ५ को टोखा, क्षेत्र नं ६ को झोरलगायतका स्थानमा केही टहरा निर्माण गरेर पीडित स्थानीयलाई हस्तान्तरण गरिसकिएको बुझिएको छ । उनीहरूले टहरा निर्माणका साथै लगभग त्यति नै संख्यामा धरापमा रहेका घरहरू भत्काएका छन् ।उपत्यकाबाहिरका प्रभावित जिल्लामा स्वयंसेवकको टोली पुग्न केही दिन ढिला भएका र दुर्गम ठाउँ भएकाले कामको विवरण आइनसकेको बताइएको छ । यद्यपि, ती जिल्लामा पनि रफ्तारका काम भइरहेको बताइएको छ ।
असार १० अर्थात १ महिनासम्म पीडितलाई ओतको व्यवस्था गरिदिन एमालले कार्यकर्ता खटाएको हो । अभियान अवधीभर कम्तिमा ५० हजार अस्थायी घर निर्माण गर्ने एमालेले लक्ष्य लिएको छ । खनाल बिहानै ठिमीमाआइक्यापको सम्मेलनमा भाग लिएर सोमबार बेलुकी नेपाल फर्केका वरिष्ठ नेता झलनाथ खनाल हिजो बिहानै स्वयंसेवकहरूले गरेको कामको निरीक्षण गर्न भक्तपुर जानुभएको थियो । सोही जिल्लाको अनुगमनको जिम्मा पाउनुभएका खनालले कमेरेटार र भाते ढिकुरोमा रहेको स्वयंसेवक टोलीको शिविर निरीक्षण गर्नुका साथै मध्यपुर ठिमी नगरपालिकामा टोलीले गरेको कामको निरीक्षण गर्नुभएको थियो ।
युवा संघले बनायो सय घर
एमाले भ्रातृ संगठन युवा संघले भक्तपुरका भुकम्पपीडितलाई एक सय घर टहरा निर्माण गरेर हस्तान्तरण गरेको छ । उपाध्यक्ष विद्यायदेवी भण्डारीको प्रमुख उपस्थिति एवम् उद्योगमन्त्री महेश बस्नेतको विशेष उपस्थितिमा भक्तपुरमा भूकम्पपीडितलाई मंगलबार सो घर टहरा हस्तान्तरण गरिएको हो । यस्तै युवा संघ नेपालका अध्यक्ष निरु पालले हालसम्म युवा संघ नेपालले भूकम्पपीडितका लागि देशभर ४ सय ९७ वटा घर टहरा निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । कार्यक्रममा सुशासन तथा अनुगमन समितिका सभापति शेरधर राई, युवा संघ नेपालका अध्यक्ष निरु पाल, उपाध्यक्ष गोविन्द थापा, सूर्य ढकाललगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
a
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply