बैरो संघमा नेतृत्वको तीव्र होडबाजी
काठमाडौं । १७ असारमा हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेतृत्व हत्याउन वैदेशिक रोजगार व्यवसायीबीच तीव्र दौडधुप सुरु भएको छ ।व्यवसायीहरू संघको निर्वाचनका लागि मोर्चाबन्दीको प्रयासमा लागेका छन् भने नेतृत्व आफ्नो पक्षमा पार्न विभिन्न पार्टी निकट व्यवसायीहरू प्नि संगठित भएर चुनावी गतिविधिमा केन्द्रित भएका छन् । संघको निर्वाचन नजिकिएसागै केही व्यवसायीसम्बद्व संस्था सर्वसम्मत नेतृत्व चयनमा लागे पनि अन्तत: सर्वसम्मतको प्रयास सफल नभएपछि नेकपा (एमाले) निकट व्यवसायीहरूको संस्था प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च आफ्नो संगठनको संस्थापक अध्यक्ष सरोज पोखरेलको अगुवाइमा चुनावमा युद्धस्तरमा होमिएको छ ।
मञ्चले औपचारिक रूपमा आइतबार मात्र आफ्नो टिमको घोषणा गर्ने भए पनि सम्भावित उम्मेदवारहरू अहिल्यैदेखि प्रचार–प्रसार र मत माग्नमा व्यस्त हुन थालेका छन् । मञ्चको तर्फबाट अध्यक्षमा पोखरेलका अलावा प्रथम उपाध्यक्षमा गोविन्द थपलिया, द्वितीय उपाध्यक्षमा हरि पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्ति अधिकारी, महासचिवमा रोहन गुरुङ, सचिवमा राजेन्द्र भण्डारी तथा कोषाध्यक्षमा हरि थापाको उम्मेदवारी लगभग निश्चित जस्तै भएको छ ।
यस्तै, सदस्यहरूमा गोविन्द कटुवाल, जनक रावल, जेबी शाही, सूर्य नेपाल, रमिला ताम्राकार, कृष्ण खत्री, जगतनारायण श्रेष्ठ, निरञ्जन भासु, वसन्त कार्की, अर्जुन सापकोटा, सुरेश गौतम, रामकुमार राई, बिन्टु शाहलगायतकोचर्चा छ । ७ पदाधिकारी र १० सदस्यका लागि ७० जनाभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । कांग्रेस निकट व्यवसायी विमल ढकालको नेतृत्वमा एक टिम मैदानमा खडा भएको छ भने कांग्रेसभित्रैका बागी समूहका रूपमा किरणकिशोर घिमिरेको टिम पनि प्रतिस्पर्धामा आएको छ ।
कांग्रेसको आधिकारिक र बागी दुवै समूहका व्यवसायीहरूको पृष्ठभूमि निर्विवाद नरहेकाले संघका प्रगतिशील समूहको विजय निश्चित जस्तै भएको बताइन्छ । विशुद्ध व्यावसायिकताको नारा बोकेको प्रगतिशील समूहलाई पुराना तथा वरिष्ठ व्यवसायीहरू तथा स्वतन्त्र समूहको समेत समर्थन रहेको बताइन्छ । सो समूहले वैदेशिक रोजगार ऐन संशोधन गर्ने, मन्त्रीले कमिसनका लागि लागू गर्न खोजेको ‘जिरो कस्ट’ खारेज गराउने तथा व्यवसायीहरूको हकहितका लागि केन्द्रित हुने एजेन्डा अघि सारेको अध्यक्षका उम्मेदवार सरोज पोखरेलले जानकारी दिए । कुनै पनि राजनीतिक पार्टीमा प्रगाढ आस्था र झुकाव नराख्ने समूहले पनि व्यवसायीको हक हितमा विगतमा खेलेको भूमिकाका कारण समर्थन गर्ने भएकाले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवारहरूको विजय निश्चित भएको मञ्चका उपाध्यक्ष तथा द्वितीय उपाध्यक्षका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले बताए । वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति, विसंगति बन्द गर्न, यो क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन, व्यवसायीहरूलाई आम जनमानसले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफूलाई संगठनले म्यान्डेट दिएर अध्यक्षको उम्मेदवारी घोषणा गर्न लगाएको अध्यक्षका उम्मेदवार पोखरेलको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply