बलियो हुँदै गएपछि देउवा डराए
‘फेरि बिग्रिन्छ कि क्या हो !’
काठमाडौं । नेपाली कांग्रेसको अघिल्लै महाधिवेशनमा व्यक्तिगत रूपमा शेरबहादुर देउवाभन्दा सुशील कोइराला कमजोर नै थिए । तर, निर्वाचनमा जाँदा झन्डै चार सय मतले देउवा पराजित हुनुपर्यो । यसपटक पनि कोइराला कमजोर बनिरहेका छन् र देउवा बलियो बन्दै गएका छन् । तर, उनले आफ्ना सहयोगीहरूसँग भन्न थालेका छन्– ‘फेरि बिग्रिन्छ कि क्या हो !’
आगामी भदौका लागि तय भएको कांग्रेसको महाधिवेशनमा फेरि कोइराला सभापति लड्छन् वा लड्दैनन् ? यकिन छैन । किनभने, चार दलबीच भएको सहमति अनुसार संविधान बनेमा उनी अब फेरि सभापति हुनुको साटो राष्ट्रपति भएर शीतल निवास भित्रिने छन् । तर, सहमति अनुसार संविधान बनेन भने चाहिँ उनले सभापतिमा पुन: लड्ने निश्चित नै छ । त्यसका लागि उनलाई कृष्णप्रसाद सिटौला, रामशरण महत, नरहरि आचार्य, महेश आचार्य, शेखर कोइराला, शशांक कोइराला, सुजाता कोइराला, आनन्द ढुंगानालगायतका नेताहरूले दबाब दिइरहेका छन् । किनभने, कोइरालाबाहेक अरू कोही लड्नु भनेको देउवालाई सजिलै सभापति बनाउनु हो भन्ने बुझेका उनीहरूले आफ्नो राजनीतिक भविष्यका लागि पनि तुरुन्त १६ बुँदे कार्यान्वयन हुन नदिने, महाधिवेशसनसम्म यही सरकारलाई लम्ब्याएर लैजाने, सभापतिमा फेरि कोइरालालाई उठाउने र बल्ल सरकार बदल्नेसम्मका सपना बुनेका छन् । उता, अभूतपूर्व अन्तर्राष्ट्रिय समर्थन पाएर उत्साहित भएका देउवा चाहिँ आफू बलियो बन्दै गएपछि वातावरण झन् बिग्रिएको निष्कर्षमा पुगेका छन् । पहिलो कुरा त उनलाई भदौमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने दुविधा छ । गत आइतबार देउवा निवास बूढानीलकण्ठमा भएको एक बैठकमा देउवाले दिएको अभिव्यक्ति उद्धृत गर्दै एक सहभागीले भने– ‘बलियो भयौं, जित्छौं भनेर के गर्ने ? यहाँ अनेक षड्यन्त्र सुरु भइसकेका छन् ।’
यसअघि सभापतिमा सुशील कोइरालालाई जिताउन कम्मर कसेर लागेका पूर्वमहामन्त्री कुलबहादुर गुरुङको समूहले देउवालाई साथ दिएको छ । गत संविधानसभाको निर्वाचनमै कोइरालाले गुरुङको नाम नलिएपछि देउवाले उनलाई सभासद् बनाउन विशेष भूमिका निर्वाह गरेका थिए । त्यतिबेलादेखिकै सहयात्रा हालैका दिनमा प्रस्ट भएपछि कोइराला खेमा थप झस्केको छ ।
यसैगरी, युवाहरूका बीचमा राम्रो लोकप्रियता भएका नेता गगन थापा पनि देउवालाई साथ लिने निष्कर्षमा पुगेका छन् । पहिलादेखि नै कोइराला परिवारको निशानामा पर्दै आएका उनी अब राजनीतिक रूपमा भूमिका खोज्ने होइन भने पछि परिन्छ भन्दै देउवाको पक्षमा खुलेर लाग्न थालेका छन् । अबको सभापति देउवा नै हुने भएकाले उनलाई साथ दिनुमै गगनले आफ््नो भविष्य देखेका छन् ।
अर्का नेता अर्जुननरसिंह केसीले सार्वजनिक रूपमै कोइरालाबाट आफूलाई धोका भएका कारण अब उनलाई साथ नदिने बताइकेका छन् । आफ्ना सदाबहार प्रतिस्पर्धी रामशरण महतलाई कोइरालाले लगातार काखी च्यापेको र आफूलाई सहमति अनुसार कुनै सहयोग नगरेको उनको गुनासो छ । कांग्रेसभित्र प्रभाव भएको नेताका रूपमा केसीलाई लिइन्छ ।
उता, भारतसँगको विशेष सम्पर्कका लागि परिचित र आफूलाई गौरवान्वित महसुस गर्ने नेता अमरेशकुमार सिंह पनि खुलेर देउवाका पक्षमा लागेका छन् । उनी देउवाको पक्षमा लाग्नुको अर्थ तराईमा विशेष हुने अनुमान कांग्रेस वृत्तमा छ । अहिले देउवालाई बलियो बनाउनका लागि सिंहले विभिन्न निकायहरूसँग समन्वय गरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply