विमानस्थलमै ओली पड्किए– ‘राष्ट्रपति गरिमामा बस्नुपर्छ’
काठमाडौं । स्वास्थ्य उपचारका लागि पाँच दिनअघि थाइल्यान्डको राजधानी बैंकक गएका एमाले अध्यक्ष केपी ओलीले मंगलबार स्वदेश फर्किनासाथ १६ बुँदे सहमति भाँड्न भइरहेको कोसिसप्रति आपत्ति प्रकट गर्नुभएको छ । राष्ट्रपतिबाट उक्त सहमतिका विरुद्धमा गतिविधि भएको थाहा पाएका ओलीले उहाँलाई आफ्नो मर्यादामा बस्न सम्झाउनुभएको छ ।
‘राष्ट्रपति सेरेमोनियल हुनुहुन्छ, मलाई विश्वास छ उहाँले त्यो पदमा बसेर राजनीति गर्नु हँुदैन भन्ने बुझ्नुभएको होला’– ओलीले सम्वाददाताहरूसँग भन्नुभयो– ‘यसबाहेक अन्यथा गर्न मिल्दैन ।’ आठ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेयता अध्यक्ष ओलीले बेलाबेलामा दिल्ली, बैंकक र सिंगापुरमा उपचार गराउँदै आउनुभएको छ । यसपटक फलोअपका लागि उहाँ त्यसतर्फ जानुभएको थियो । बैंकक हुँदै सिंगापुरसम्म पुग्नुभएका ओलीको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरूले बताएका छन् । अध्यक्ष ओलीले सहमतिका साथ संविधान जारी गर्नका लागि चार दलका बीचमा सहमति भएको र त्यही अनुसार आगामी दिनमा छिट्टै संविधान जारी हुने विश्वास पनि दिलाउनुभयो उहाँले सर्वोच्च अदालतको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित भएर आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानसभालाई कुनै आदेश र फैसलाले प्रभावित पार्न सक्दैन, संविधान चाँडै जारी हुन्छ ।’ उहाँले अन्तरिम संविधानका धारा र दफाले संविधानसभालाई आङ्खनो काम गर्न रोक्न नसक्ने समेत दाबी गर्दै प्रश्न गर्नुभयो– ‘अन्तरिम संविधान अनुसार मात्रै संविधान बनाउने हो भने त किन चाहियो संविधानसभा ?’
अध्यक्ष ओलीले सर्वोच्च अदालतको पछिल्लो आदेशले ०५२ को सर्वोच्चको विवादस्पद फैसलाको पुनरावृत्ति गराएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘०५२ भदौ १२ गतेको एउटा विवादास्पद फैसलाले मुलुकलाई २० वर्षपछि धकेल्यो, अहिलेको फैसला पनि न्यायिक नभएर राजनीतिक देखियो ।’
अध्यक्ष ओलीलाई स्वागत गर्न विमानस्थलमा कार्यबाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरू पुग्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply