टक्लाको मुद्दामा श्रीमान् चिन्तित
काठमाडौं । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आफू बिदा हुने बेला पैसाको प्रभोलनमा परेर मुद्दा फैसला गर्ने गरेको चर्चा न्याय क्षेत्रमा जोडतोडले उठ्न थालेको छ । पछिल्लो समयमा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीलाई दाइजोको जग्गा दिलाउने फैसला गर्दा आफ्नो समेत राम्रै बन्दोबस्द मिलाएको आरोप लागेका प्रधानन्यायाधीश साहले पैसाकै प्रभोलनमा जनकपुर बमकाण्डका अभियुक्त सञ्जयकुमार साहको मुद्दा पनि प्रभावित पार्न खोजेको बुझिएको छ ।
जिल्ला अदालत धनुषा र पुनरावेदन अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश पाएका टक्लाले धरौटीमा छुट्न पाऊँ भन्दै ०७१ पुस २१ मा सर्वोच्चमा १७ नं निवेदन दर्ता गराएका थिए । टक्लाले अस्ट्रेलिया बस्दै आएका प्रधानन्यायाधीशसाहका छोरी ज्वाइँमार्फत ६ करोड रुपियाँमा कुरा मिलाए्र छुट्न लागेको स्रोतको दाबी छ । प्रधानन्यायाधीश साहका ज्वाइँ पनि धनुषाकै हुन् । सर्वोच्चमा टक्लाको मुद्दाको पेसी आज छ । यसअघि गत बुधबार पनि उनको मुद्दाको पेसी थियो । तर, उनको मुद्दामा पैसाको चलखेल भएको कुरा सार्वजनिक भएपछि सरकारी वकिलले पेसी आजलाई सारेको स्रोतले बतायो । प्रधानन्यायाधीश र पैसाको कनेक्सनका कुरा उठेपछि सरकारी वकिल यो मुद्दाको पेसी प्रधानन्यायाधीश साहको कार्यकालसम्म यसरी नै सारिरहने निष्कर्षमा पुगेको पनि बताइन्छ । यद्यपि आफ्नो कार्यकाल सकिनुअघि नै टक्लालाई धरौटीमा छुटाउन प्रधानन्यायाधीश सक्रिय रहेको बताइन्छ । प्रधानन्यायाधीश साह असार २३ गते बिदा हुँदैछन् ।
०६९ वैशाख १८ मा जनकपुरको रामानान्द चोकमा भएको बमकाण्डमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । सो काण्डमा सद्भावना पार्टीका उपाध्यक्ष तथा धनुषा क्षेत्र नं ४ का सभासद्समेत रहेका टक्लाको मुख्य संलग्नता प्रहरी अनुसन्धानका क्रममा पुष्टि भइसकेको छ । यसअघि उनी ०६० जेठ ३ मा पनि हातहतियारसहित पक्राउ परेका थिए । हातहतियार तथा खरखजाना मुद्दामा उनलाई जिल्ला अदालतले ०६१ असार ३० मा १ वर्ष ९ महिना कैदको फैसला सुनाएको थियो । उक्त फैसलालाई पुनरावेदन अदालत जनकपुरले सदर गरेको थियो । उक्त मुद्दामा न्यायाधीशको राय बाझिएपछि पुर्ण इजलासका लागि विचाराधीन रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply