‘दानापानी बन्द गर्ने’ को कति छ शक्ति ?
काठमाडौं । संविधानको मस्यौदामा संघीयता, पहिचान, समानुपातिक समावेशीलगायतका मुद्दाहरू समेट्न नसकेको आक्षेप लगाउँदै अहिले केही सानातिना राजनीतिक दलहरूले विरोधको स्वर उरालिरहेका छन् । त्यस्ता सानातिना दलका नेताहरूमा कसैले सैद्धान्तिक कुरा उठाएका छन् भने विरोधमै रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उग्र भएर गिरेर ‘दानापानी नै बन्द गरिदिने’ धम्कीसमेत दिएका छन् । अहिले मस्यौदाको तिखो विरोध गर्नेमा केही मधेसकेन्द्रित र जनजातिहरूलाई आधार बनाएर राजनीति गरिरहेका दलहरू मात्रै रहेका छन् । त्यसमा केही समयअघि मात्रै एकीकरण भएको संघीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी र संघीय सद्भावना पार्टी रहेका छन् । तर, संविधानको मस्यौदाप्रति असन्तुष्टि जनाएर विरोध गरिरहेका साना दलहरू संविधानसभाको दोस्रो निर्वाचनमा जनताद्वारा कुन रूपमा अनुमोदित भएका थिए ? ती दलहरूले कति जनमत प्राप्त गरेका थिए ? यस्तो प्रश्न अहिले स्वाभाविक रूपमा उठ्न पुगेको छ ।
मस्यौदाको विरोध गरिरहेका साना दलहरूले गत संविधानसभाको निर्वाचनमा ल्याएको मत परिणामलाई हेर्दा ती दलहरूको झिनो जनाधार रहेको स्वत: पुष्टि हुन्छ । तत्कालीन समयमा एमालेको उपाध्यक्ष पद छाडेर जातीय राजनीति गर्न बहकिएका अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीले प्रत्यक्षतर्फ एउटा सिट पनि जित्न सकेन । तर, समानुपातिकतर्फ भने उक्त पार्टीले १ लाख २१ हजार २ सय ७४ मत ल्याएको हुँदा संविधानसभामा ५ सिट पाएको थियो । र, जनताको बीचमा जान डराएका सो पार्टीका अध्यक्ष राई पनि समानुपातिकबाटै सभासद् भए । मधेसी जनअधिकार फोरमले भने २ लाख १४ हजार ३ सय १९ मत ल्याएको थियो । त्यस्तै, महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेस लोकतान्त्रिक पार्टीले १ लाख ८१ हजार १ सय ४०, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टीले ६२ हजार ७ सय ४६ र अनिल झाले नेतृत्व गरेको संघीय सद्भावना पार्टीले २५ हजार २ सय १५ मत प्राप्त गरेको थियो ।
अहिले विरोधमा उत्रिएका ती साना दलहरूले गत संविधानसभाको निर्वाचनमा ९.१७ प्रतिशत मात्रै मत ल्याएका थिए । अझ, त्यसमा काठमाडौंलाई दानापानी बन्द गरिदिने धम्की दिने महतोको सद्भावना पार्टीले त २ प्रतिशत मत पनि कटाउन सकेको थिएन । दह्रो जनाधार नभएका दलहरूले नै अहिले संविधानको मस्यौदाप्रति असन्तुष्टि जनाउनुका साथै तराई–मधेसलाई आफ्नै पार्टीको बपौतीका रूपमा ठानिरहेको देखिएको छ । मस्यौदाको विरोध गर्ने ती साना दलहरूको संविधानसभामा उपस्थिति पनि न्यून रहेको छ । जसमा प्रत्यक्षतर्फ निर्वाचन जित्नेहरूमा मधेसी जनअधिकार फोरमबाट अध्यक्ष उपेन्द्र यादव र अभिषेकप्रताप शाह मात्र रहेका थिए भने सो पार्टीले समानुपातिकमा ८ सिट ल्याएका थिए । त्यस्तै, तमलोपाले प्रत्यक्षतर्फ ४ सिट जितेको थियो । सो पार्टीका सभासद्हरूमा सर्वेन्द्रनाथ शुक्ला, वृजेशकुमार गुप्त, जांगेलाल राय र कमलेश्वर पुरी रहेका छन् भने समानुपातिकमा भने सो पार्टीका ७ जना सभासद् रहेका छन् । त्यस्तै, तमसपाबाट प्रत्यक्षमा अध्यक्ष महेन्द्र राय यादवले चुनाव जितेका थिए भने समानुपातिकमा सो पार्टीबाट २ जना सभासद् रहेका छन् । सद्भावना पार्टीले प्रत्यक्षमा एक सिट जिते पनि सो पार्टीबाट सभासद् भएका सञ्जयकुमार साह जनकपुर बम विस्फोटमा मुछिएपछि अहिले जेलमा रहेका छन् । समानुपातिकतर्फ भने उक्त पार्टीले ५ सिट हत्याएका थिए । मस्यौदाको विरोध गर्ने मधेस केन्द्रित र जनजाति राजनीति गर्ने साना दलहरूले संविधानसभामा प्रत्यक्ष र समानुपातिक गरी ३५ सिट मात्रै रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply