नसर्दै भेटघाट सुरु
काठमाडौं । भूकम्पका कारण बल्खुस्थित केन्द्रीय कार्यालय बस्न अयोग्य भएपछि नेकपा
(एमाले)को कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा सर्ने तयारीमा छ । त्यहाँ भौतिक संरचना निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएर कार्यालय सर्न अझै करिब एक महिना लाग्ने भए पनि महासचिव ईश्वर पोखरेलले निर्माणाधीन कार्यालयमै भेटघाट सुरु गर्नुभएको छ ।
पोखरेलनिकट स्रोतका अनुसार उहाँले एक हप्तादेखि कार्यकर्तासँग बिहानको समयका भेटघाट त्यहीँ गरिरहनुभएको छ । महासचिव पोखरेल हरेक दिन बिहान ८ नबज्दै नयाँ कार्यालय पुग्नुहुन्छ । त्यसो हुँदा निर्माणको काम पनि उहाँकै प्रत्यक्ष निगरानीमा हुने गरेको छ । पोखरेल बस्ने महासचिव कक्ष अध्यक्षको कक्षभन्दा मुुनिको तलामा उपाध्यक्ष, उपमहासचिव र सचिवहरूसँगै निर्माण गरिएको थियो । तर, त्यहाँ ठाउँ साँघुरो भएको भन्दै पोखरेलले आफ्नो कार्यकक्ष अध्यक्ष बस्ने माथिल्लै तलामा सार्न लगाइसक्नुभएको छ ।
नयाँ कार्यालयको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । नयाँ कार्यालयको छतमा ट्रस्ट हालेर बैठक कक्ष बनाइएको छ । त्यसमुनि अध्यक्ष, दुई वरिष्ठ नेता र महासचिवको कार्यकक्ष छ । त्यसभन्दा मुनि पाँच उपाध्यक्ष, दुई उपमहासचिव र पाँच सचिवको कार्यकक्ष बनाइएको छ । त्यसभन्दा मुनि अन्य प्रशासनिक कक्ष रहने गरी कोठा निर्माण गरिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply