सीमांकनमा मध्यमार्गी प्रस्ताव
काठमाडौं । मधेसी दलहरूलाई कुनै हालतमा पनि पूर्वका तीन र पश्चिमका दुई जिल्ला चाहिने अनि केपी ओली र कृष्ण सिटौलाले पूर्व र शेरबहादुर देउवा र भीम रावलले पश्चिममा कुनै हालतमा छोड्न नसक्ने । यस्तो अवस्थामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस र एमाओवादी सम्मिलित बैठकमा नयाँ प्रस्ताव राख्दै भने– ‘यसरी गयो भने सबैको जित हुन्छ ।’गत शुक्रबार बालुवाटारमा आयोजित चार दलको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले राखेको प्रस्तावलाई कसैले नराम्रो पनि भन्न सकेनन्, राम्रो भनेर त्यसमा छलफल पनि चलेन । सत्ता समीकरणको गाँठो नफुकेसम्म संविधानका कुरा पनि मिल्न मुस्किल रहेको बेला उनले ल्याएको प्रस्ताव दुवैथरीका लागि ‘विन–विन’ हुने स्थिति चाहिँ छ । पूर्वका झापा, मोरङ र सुनसरीलाई पहाडी र तराई दुवै प्रदेशतिर नमिसाउने उनको प्रस्ताव छ । जनसंख्याका दृष्टिले पनि निकै ठूला यी जिल्लालाई आधार बनाएर उदयपुरसम्मको छुट्टै प्रदेश बनाउने उनको प्रस्ताव छ । सकिन्छ भने सिन्धुलीसम्म मिसाएर उक्त प्रदेश बनाएमा भौगोलिक र जनसांख्यिक दुवै दृष्टिले सन्तुलित हुने उनको धारणा छ । त्यसो भएमा पहाडी र मधेसी समुदायको उपस्थिति आधा–आधा हुन्छ ।
त्यस्तै, पर्सादेखि जनकपुरसम्मको अर्को प्रदेशमा
पनि भूगोल र जनसंख्या दुवैका दृष्टिले सन्तुलन कायम हुने उनको हिसाब छ । मकवानपुरसमेत मिसाएमा त्यहाँ मधेसी जनसंख्या ५५ प्रतिशतको हाराहारीमा हुन्छ । त्यस्तो भएमा कसैलाई पनि हेपिनुपर्ने अवस्था नरहने उनको तर्क छ । पश्चिमका हकमा चाहिँ कैलालीको समथर भागलाई बाँके–बर्दियासँग मिलाएर प्रदेश निर्माण गर्न सकिने उनको भनाइ थियो ।
आफ्नै पार्टीका नेताहरूले समेत अरू सबै सहमति हुँदा पनि पाँच जिल्लामा विवाद झिकेकोमा मन नपराइरहेका वरिष्ठ नेता नेपालले सबका सामु बालुवाटारमा भनिदिए– ‘पूर्वमा केपी र सिटौलाजी अनि पश्चिममा शेरबहादुरजी र भीमजीले अलि मन फराकिलो बनाउने हो भने सहमति बन्छ । तपाईंहरूले आफ्नो निर्वाचन क्षेत्र मात्रै हेरेर हुन्छ ?’ छेउमा बसेका भीम रावल मुसुमुसु हाँस्दै थिए भने अरूले पनि खास मुख खोलेनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चाहिँ छलफलका लागि यो पनि एउटा विकल्प हुन सक्छ भनेका थिए ।
स्रोतका अनुसार, सहमतिका लागि त्यही वरिपरि रहेर नेताहरूले छलफल गरिरहेका छन् । तर, एमालेका तर्फबाट वार्तामा सहभागी उपाध्यक्ष भीम रावलले भने १६ बुँदे सहमति गर्दा नै सीमांकनका बारेमा पछि छलफल हुने भनिएकाले त्यसमा छलफल नै नभएको दाबी गरे । उनले भने– ‘अहिले त्यसमा किन छलफल गर्नु ? १६ बुँदेमै प्रस्ट छ त ।’उता, एमाले अध्यक्ष केपी ओलीले चाहिँ सीमांकनसमेत टुंग्याएर साउनभित्रै संविधान जारी गर्ने घोषणा गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले भने– ‘सीमांकनलाई खुब ठूलो विषय बनाइएको छ । हामी त्यसलाई पनि टुंग्याएर साउनभित्रै संविधान जारी गर्छौंंं ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply