छापेको समाचारमा साइबर क्राइम !
काठमाडौं । कुनै पनि छापा माध्यममा प्रकाशित समाचारलाई लिएर साइवर अपराधको मुद्दा चलाउनु कतिसम्म उचित कुरा हो । तर, साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई भने अहिले साइवर अपराधअन्तर्गत प्रहरीले पक्राउ पुर्जी जारी गरेर कहीँ नभएको जात्रा, हाँडीगाउँमा भन्ने भनाइ चरितार्थ गर्न पुगेको छ ।
केही हप्ताअघि उक्त पत्रिकामा प्रकाशित एक समाचारलाई लिएर पत्रकार बुढाथोकीमाथि अहिले प्रहरीले खोजी गरिरहेको छ । तर, पत्रकार बुढाथोकीलाई प्रहरीले दिएको दु:खप्रति विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले विरोध जनाएका छन् । पत्रिकामा प्रकाशित समाचारलाई लिएर उजुरी गर्ने निकायहरू हुँदाहुँदै बुढाथोकीको काठमाडौं, मण्डिखाटारस्थित घरमा खानतलासी गर्ने प्रहरीको कार्यप्रति सञ्चारसम्बद्ध संस्थाहरूले विरोध जनाएका हुन् ।
बुढाथोकीको घर खानतलासी र उनीमाथि पक्राउ पुर्जी जारी गरिएकोमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले विरोध जनाएका हुन् । पत्रिकामा प्रकाशित समाचारप्रति पीडितको आपत्ति भए प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै प्रहरीमार्फत् कारबाही गर्न खोजिएकोमा संस्थाहरूले आपत्ति जनाएका हुन् । त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगले पनि सो घटनाप्रति खेद प्रकट गरेको छ । साथै आयोगले नेपाली प्रहरीलाई पत्र लेख्दै पत्रकार बुढाथोकीलाई पक्राउ गर्नुपर्नाको कारण उल्लेख गर्न माग गरेको छ । साँघु साप्ताहिकमा प्रकाशित समाचार एउटा अनलाइनले साभार गरेर प्रवाहित गरेपछि विद्युतीय ऐनअन्तर्गत सम्पादक बुढाथोकीलाई कारबाही गर्न खोजिएको थियो ।a
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply