आन्दोलनको निशानामा एमाले
काठमाडौं । संविधानसभाबाट संविधान बन्न नदिने गरी आन्दोलनमा उत्रेका मधेस केन्द्रित दलहरूले आन्दोलनको मुख्य निशाना नेकपा (एमाले)लाई बनाएका छन् । उनीहरूले तराईका जिल्लामा एमालेका पार्टी कार्यालय छानी–छानी आगजनी गरेका छन् ।जारी संविधान निर्माणको प्रक्रियामा एमालेले लिएको अडानका कारण आन्दोलनकारीहरूको निशाना एमाले बनेको हो । संविधान निर्माणमा अरू त अरू सत्तारुढ दल नेपाली कांग्रेसले समेत आलटाल गर्ने, एमाओवादीले कहिले ६, कहिले ८ प्रदेशका कुरा ल्याएर समय लम्ब्याउने प्रयास गरिरहेका बेला एमालेले छिटोभन्दा छिटो संविधान निर्माण गर्न नेतृत्व तहमा दिएको दबाबकै कारण आन्दोलनकारीहरूले एमालेलाई आक्रमणको केन्द्र बनाएको बताइन्छ । आन्दोलनरत मधेसी मोर्चाले आइतबार रौतहटको एमाले पार्टी कार्यालय आगजनी गरेको थियो । आन्दोलनकारीले पार्टी कार्यालयमा मट्टितेल छर्केर आगो लगाएको रौतहट एमाले सभासद् रामकुमार भट्टराईले बताए । त्यही दिन उनीहरूले सप्तरीमा एमाले सभासद् रन्जु ठाकुरको सम्पर्क कार्यालयमाथि आक्रमण गरेका थिए ।
सोमबार महोत्तरीमा आन्दोलकारीले एमालेको पार्टी कार्यालय पुगेर झन्डा निकाल्नुका साथै कार्यालयका सामान बाहिर निकालेर आगो लगाइदिएका थिए । संघीय समाजवादी फोरमको कार्यालयबाट निस्केको जुलुसले एमाले कार्यालयमा पुगेपछि त्यो वितण्डा मच्चाएको हो । सोमबार नै बारा र पर्सामा पनि एमालेका पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी तथा तोडफोड गरेका छन् । सोमबार बसेको एमाले स्थायी समितिको बैठकले पार्टी कार्यालयमाथि भएको आगजनी र तोडफोडको घटनाको भत्र्सना गरेको छ । बैठकले यस्ता हिंसात्मक घटना हुन नदिन र शान्ति सुरक्षालाई सुुदृढ बनाउन सरकारको ध्यानाकार्षणसमेत गरेको छ ।
सद्भाव र्याली निकाल्ने
आन्दोलनका नाममा हिंसात्मक घटना बढ्दै गएपछि एमालेले त्यस्ता ठाउँहरुमा सामाजिक सद्भाव भड्किन नदिन र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सद्भाव र्याली निकाल्ने भएको छ । स्थायी समितिको बैठकले संविधान निर्माणका पक्षधर अरू राजनीतिक पार्टी, स्थानीय क्लब, नागरिक समाजसमेतलाई सहभागी गराएर सद्भाव र्यालीको नेतृत्व गर्न एमालेले पार्टीका तलका कमिटीलाई विशेष सर्कुलर गरिसकेको छ ।
आन्दोलनमा लाग्ने कार्यकर्तालाई कारबाही
पार्टीको कुनै पनि संगठित सदस्य अन्य राजनीतिक पार्टी वा समूहले गरेका हिंसात्मक आन्दोलन तथा संविधान निर्माणविरोधी गतिविधिमा लागे त्यस्तालाई कारबाही गर्न पनि एमालेले स्थानीय पार्टी कमिटीलाई सर्कुलर गरेको छ । त्यस्ता सदस्यलाई सुरुमा सम्झाउने, तर नमानेमा तुरुन्त कारबाही गरेर केन्द्रमा त्यसको जानकारी पठाउन भनिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply