फर्जी कागज बनाएर क्यासिनो नवीकरण
काठमाडौं । नयाँ मापदण्ड अनुसार क्यासिनो नवीकरण हुन नसकिरहेका बेला राजधानीको सांग्रिला क्यासिनोले फर्जी कागजात तयार पारी नवीकरण गरेको रहस्य खुलेको छ । क्यासिनो सञ्चालक स्टार मेनेजमेन्ट प्रालिका सञ्चालक राजेन्द्र बजगाईंले कार्यरत मजदुरका प्रतिनिधिहरूले एकमुष्ट रकम लिएको फर्जी कागज पेस गरेर मन्त्रालयबाट नवीकरण गरेको कर्मचारी युनियनका नेताहरूले बताएका छन् ।
होटल सांग्रिलासँग भाडामा लिएर यसअघि प्रसिद्धबहादुर पाण्डेले क्यासिनो सांग्रिला चलाएका थिए । २५ करोड चुक्ता पुँजी पुर्याउन नसक्ने भएपछि उनको समूहले क्यासिनो बजगार्इंलाई बेचेको थियो । मजदुरहरूले क्यासिनो बन्द गर्ने हो भने मजदुरलाई एकमुष्ट रकम दिएर बिदा गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए । उनीहरूले आफूहरूको बक्यौता पूरा नभएसम्म इजाजत नवीकरण नगर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयमा उजुरी दिएका थिए । तर, पर्यटनमन्त्री कृपासुर शेर्पाले किर्ते कागजातका आधारमा नै उक्त क्यासिनो नवीकरण गरिदिएका थिए । बजगार्इंले मन्त्रीसमक्ष पेस गरेको कागजात एमाआवादी, वैद्य माओवादी, एमाले र नेपाली कांग्रेसनिकट क्यासिनो मजदुर युनियनका इकाइ अध्यक्षहरू रामकृष्ण श्रेष्ठ, दिनेश बर्तौला, दिनेश घिमिरे र सुन्दर कँडेलले मजदुरका समस्या मिलाउँछु भन्दै ४५ लाख रुपियाँ एकमुष्ट बुझेको उल्लेख छ ।
सो रकम उनीहरूले ११ लाख २५ हजारको दरमा बाँडेको दाबी गरिएको छ । तर, युनियनका अध्यक्षहरूले भने आफ्नो चरित्र हत्याका लागि क्यासिनो मालिकले षड्यन्त्र
गरेको र उक्त कागजात झूटो भन्दै आफूहरूले रकम नलिएको बताएका छन् । छानबिनका क्रममा समेत उनीहरूको वास्तविक ल्याप्चे नभएको पुष्टि भएको छ भने वैद्यनिकट युनियन अध्यक्ष बर्तौला त कागजमा सही गरेको भनिएको दिन हनुमानढोका प्रहरी हिरासतमा रहेको प्रमाण पेस गरेका छन् । सो दाबीका बारेमा ४ वटै संगठनले आन्तरिक रूपमा छानबिन गरिरहेको बताइएको छ भने सञ्चालक बजगाईंले मन्त्री शेर्पालाई ३ करोड रुपियाँ भेटी चढाएर नवीकरण खुलाइएको भन्दै हिँडेका छन् । विगत ८ वर्षदेखि सो क्यासिनो सञ्चालनमा थियो । सन् २००६ जुलाई २५ मा राकेश वादवाको लगानी रहेको नेपाल रिक्रियसन सेन्टर प्रालिले क्यासिनो सञ्चालनको सुरुआत गरेको थियो । सन् २०१० डिसेम्बर ५ मा नेपाल रिक्रियसन सेन्टरले क्यासिनो बन्द गर्यो र मलेसियन लगानी रहेको स्टार मेनेजमेन्ट प्रालिले क्यासिनो सञ्चालन गर्यो । पछि स्टार मेनेजमेन्ट प्रालिले क्यासिनो बन्द गर्यो हङकङमै लगानी रहेको सिल्भर हेरिटेज प्रालिले क्यासिनो सञ्चालन गर्यो । क्यासिनो सञ्चालनको सुरुआत ४६५ जना मजदुर थिए । तीनलाई बिचल्ली बनाई नयाँ कामदार नियुक्ति गरी क्यासिनो विगत ४ महिनादेखि सञ्चालन गरिएको छ । मजदुरहरूले आफूहरूलाई उक्त क्यासिनोमा बहाली गरियोस् वा श्रम ऐन अनुसार उपदान दिलाई मात्र अवकाश दिइयोस् भनेर माग राख्दै आएका थिए । उनीहरूले श्रम ऐन अनुसार उपदान, क्षतिपूर्ति, बाँकी तलब भत्ता र कर्मचारी सञ्चयकोषका लागि कट्टा गरेको रकम पाएका छैनन् । होटल सोल्टीमा सञ्चालित क्यासिनो माजोङ, ह्यात रिजेन्सी बौद्ध काठमाडौंमा सञ्चालित तारा क्यासिनो, होटल याक एन्ड यती दरबारमार्ग काठमाडौंमा सञ्चालित रोयल क्यासिनो आदिमा एउटा सञ्चालकले बन्द गरी अर्को सञ्चालकले सञ्चालन गर्दा सबै मजदुरलाई बिनासर्त बहाली गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply