बाबुरामलाई नौ जनाको समर्थन
काठमाडौं । प्रचण्डले अध्यक्षको उधारो आश्वासन पूरा नगरेपछि बिच्किएका एमाओवादी नेता बाबुराम भट्टराईले अन्तत: संविधान निर्माण प्रक्रियामा भारतलाई बेवास्ता गरेको भन्दै पार्टी नै परित्याग गरे । अध्यक्ष नदिए नयाँ शक्ति निर्माण गर्ने भन्दै एक वर्षदेखि नयाँ शक्तिको खेती गर्दै आएका उनलाई अहिले अरू त परै जाओस् पार्टीभित्र उनकै दाहिने हातका रूपमा चिनिएका नेताले पनि साथ छाडेका छन् ।श्रीमती हिसिला यमी रुसमा रहेको बेला एक्लै एमाओवादी परित्यागको घोषणा गरेका भट्टराई अहिले पार्टीभित्र आफ्ना भनिएका र बाहिर आशा गरिएकाको पनि साथ नपाएपछि अहिले के गर्ने भन्ने अलमलमा परेको बताइन्छ । स्रोतका अनुसार, बाबुरामले सबैभन्दा भर पार्टीभित्र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको गरेका थिए । उनी संसदीय दलको उपनेता पनि भट्टराईकै कोटाबाट भएका थिए । तर, रायमाझीले अहिले भट्टराईको साथ छाडेका छन् । अहिले भट्टराईलाई साथ दिनेमा उनको किचेन क्याबिनेटका बाहेक कोही छैनन् । श्रीमती यमीले साथ नदिने कुरै भएन । त्यसबाहेक उनी प्रधानमन्त्री हुँदा बालुवाटारमा जागिर पाएका केही अनुहारले मात्र साथ दिएको बताइन्छ । पार्टी पोलिटब्युरोबाट उनलाई साथ दिनेमा उनी प्रधान्मनत्री हुँदाका प्रमुख सल्लाहकार देवेन्द्र पौडेल, स्वकीय सचिव गंगा श्रेष्ठ र प्रेस सल्लाहकार रामरिझन यादव मात्र छन् । १ सय ५० सदस्यीय एमाओवादीको केन्द्रीय कमिटीमा उनलाई साथ दिने जम्मा नौ जना मात्र छन् । जसमा पौडेल, श्रेष्ठ, यादवबाहेक प्रभू साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पराजुली र कल्पना धमलाले मात्र उनलाई साथ दिने बताइन्छ । पराजुली र धमला दम्पती हुन् ।
रायमाझीको नेता हुने दाऊ
भट्टराईकै छत्रछाँयामा रहेर पार्टीभित्र राजनीतिक लाभ लिँदै आएका रायमाझीले अहिले उनको साथ छाड्नुको पछाडि रायमाझीको आफ्नै स्वार्थ रहेको बताइन्छ । स्रोतका अनुसार अहिले भट्टराईको साथ छाडेर उनले अध्यक्ष प्रचण्डसँग अब गठन हुने राष्ट्रिय सरकारमा उपप्रधानमन्त्रीको बार्गेनिङ गरिरहेका छन् । एकचोटि उपप्रधानमन्त्री हुने र पार्टीभित्र आफ्नो छुट्टै समूह खडा गर्ने रायमाझीको दाउ रहेको बताइन्छ ।
पूर्वका हस्ती कार्कीको नियन्त्रणमा
एमाओवादीमा रहँदासम्म पूर्वमा भट्टराई गुट केन्द्रीय सदस्य तथा पूर्वसभासद् हेमराज भण्डारी र अहिलेका सभासद् श्रीप्रसाद जगेबूले धानेका थिए । तर, यी दुईले पनि अहिले भट्टराईलाई चटक्कै छाडेका छन् । स्रोतका अनुसार, पोलिटब्युरो सदस्य राम कार्कीले यी दुवैलाई ‘तिमीहरूको अबको नेता म हुँ, कतै लाग्ने होइन’ भन्दै नियन्त्रणमा राखेका छन् । पहिले कार्की पनि भट्टराई गुटमै थिए तर प्रधानमन्त्री भएका बेला भारतको अग्रिमो दिलाउन कुनै पहल नगरेको भन्दै भट्टराई गुट त्यागेका थिए ।
‘चैते’ले पनि पत्याएनन्
एमाओवादी ठूलो पार्टी भएका बेला अरू पार्टी परित्याग गरी एमाओवादीमा गएर कुनै भूमिका नपाएका ‘चैते’ हरूको साथ बटुल्ने भट्टराईको योजना पनि तुहिएको बताइन्छ । स्रोतका अनुसार, खासगरी एमाले छाडेर आएका तर एमाओवादीमा भूमिका नपाएकालाई उनले साथ लिने योजना बनाएका थिए । एमाले छाडेर एमाओवादीमा आएर पनि पछिल्लो समयमा असन्तुष्ट बनेकी उर्मिला अर्यालसँग देवेन्द्र पौडेलले एक–दुई चरण कुरा गरेर भट्टराईलाई साथ दिन आग्रह गरे पनि उनले ठाडै अस्वीकार गरेको बुझिएको छ । एमाले छाडेर गएकामध्ये रामचन्द्र झा र एमाले वरिष्ठ नेता झलनाथ खनालका पूर्व स्वकिय सचिव निर्मल भट्टराईले उनलाई साथ दिने बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply