कांग्रेसभित्र घुसपैठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति र संविधान निर्माणका क्रममा जेठ २५ गते कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच १६ बुँदे सहमति गर्दा भएको भद्र सहमति कार्यान्वयन नगर्न कांग्रेसभित्र विभिन्न शक्तिकेन्द्रहरूले घुसपैठ अघि बढाएका छन् ।
खासगरी भारतीय संस्थापन पक्षको डिजाइनमा नेपालका राजनीतिक पार्टीहरूबीच भएका सहमति तोड्न र एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न चलखेल सुरु भइरहँदा कांग्रेसका एकाध नेता मात्रै होइन, यत्रो नाकाबन्दीप्रति एक शब्द पनि नबोलेर कांग्रेस स्वयम् पनि चक्रव्यूहमा फसेको छ । कम्युनिस्टहरू सत्तामा पुग्नै हुँदैन भन्ने जबर्जस्त विचार बोक्ने कांग्रेसका केही नेतालाई बोकेर भारतीय गुप्तचर संस्थाका प्रतिनिधिहरूले चलखेल गरिरहेको स्रोतको दाबी छ ।
अध्यक्ष ओलीलाई रोक्नकै लागि भारतीय गुप्तचर संस्था ‘र’ का पूर्वउपप्रमुख एबी माथुर नेपालमै अड्डा जमाएर बसेका छन् । स्रोतका अनुसार उनकै योजनामा आइतबार कांग्रेस नेता अर्जुननरसिंह केसीको गंगबुस्थित निवासमा कांग्रेसका १७–१८ जना नेताहरू भेला भएर ओलीलाई रोक्नेबारे छलफल गरेका थिए । भेलामा केसीका ज्वाइँ तथा सभासद् गगन थापासहित नेताहरू मानबहादुर बिक, शेखर कोइराला, अजय चौरासियालगायत थिए । उक्त भेलाले फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने र यदि त्यो सम्भव नभए एमाले नेतृत्वको सरकारमा जानु नहुने निष्कर्ष निकालेको थियो । त्यही भेलापछि यो समूहका नेताहरूले विभिन्न सञ्चार माध्यममार्फत यो धारणालाई सार्वजनिक गर्दै अधिकांश केन्द्रीय सदस्य यही लाइनमा रहेको हौवा सिर्जना गरिरहेका छन् ।
संविधानको कार्यान्वयनका लागि तीन पार्टीबीचको एकता आवश्यक रहेका बेला यो समूहले संसदीय व्यवस्थामा प्रमुख पार्टीमध्ये एउटा पार्टी प्रतिपक्षमा बस्नुपर्ने तर्क गर्दै आएको छ । यसअघि सुशील कोइराला नेतृत्वमा बनेको सरकारमा एमाले सहभागी भएको पनि यो समूहले रुचाएको थिएन । प्रो–इन्डियनका रूपमा चिनिने कांग्रेसका यिनै नेताहरूलाई माध्यम बनाएर भारतले खेलिरहेको बताइन्छ । सरकारको विषयमा आधाकारिक निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकको सुरुमै यो समूहका नेताले बोल्ने र एमालेलाई सरकारमा जान दिनबाट रोक्ने दिशामा बैठकको माहौल सिर्जना गर्ने रणनीति रहेको बताइन्छ ।
तर, कांग्रेसभित्रकै एउटा समूह भने विगतका सहमति कार्यान्वयन गरेर जानुपर्ने अडानमा छ । यो समूहको नेतृत्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेको बताइन्छ । सहमहामन्त्री पूर्णबहादुर खड्का पनि सिटौलाको विचारसँग सहमत छन् । तर, पार्टीकै केही पदाधिकारीले विगतका सहमतिका नाममा लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको भन्दै शेखर कोइरालालगायतका नेताले खुलेआम आरोप लगाउने गरेका छन् । मंगलबार बिहानदेखि सिटौला पनि मौन रहेको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply