सभामुखलाई र्याखर्याख्तीको तयारी
काठमाडौं । नेतृत्वको महाभूलका कारण प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अब आउने दिनमा व्यवस्थापिका संसद्मा नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई र्याखर्याख्ती पारेर भए पनि आफूले गरेको गल्तीको बदला लिने तयारी गरेको छ ।
कांग्रेसको तयारी र यसका नेताले अनौपचारिक रूपमा व्यक्त गरेका अभिव्यक्ति सुन्दा उसले रचनात्मक प्रतिपक्षको भूमिका पनि निर्वाह नगर्ने संकेत गरिसकेको छ । विगतमा उपसभामुख भएर पनि संसद् बैठक चलाउने अनुभव नबटुलेकी घर्तीले सभामुखमा निर्वाचित भएर सञ्चालन गरेका बैठकमा गरेको गल्तीले पनि संसद् बैठक सञ्चालनको उनको आगामी बाटो त्यति सजिलो नहुने देखिन्छ । सभामुख निर्वाचित भएपछि उनले राष्ट्र्रपति र उपराष्ट्र्रपति निर्वाचनका
दुईवटा बैठक सञ्चालन गरिन् तर दुवै बैठकमा उनले बोल्ने क्रममा ठूलो त्रुटि गरेर आफूलाई अपरिपक्क साबित गरिसकेकी छिन् । राष्ट्र्रपतिको निर्वाचनमा मत परिणाम घोषणा गर्दा उनले विद्या भण्डारीले पाएको कुल मतमा १ सय घटाएर उच्चारण गरिन् । राष्ट्रपतिमा निर्वाचित भण्डारीले ३ सय २७ मत पाएकोमा घर्तीले २ सय २७ उच्चारण गरिन् । उपराष्ट्र्रपति निर्वाचनमा उनले नन्दबहादुर पुनलाई राष्ट्र्रपति भनेर उच्चारण गरिन् । संसद्का
कर्मचारीले लेखेको हेरेर पढ्ने क्रममा नै सभामुख घर्तीले गरेको यो गल्तीको उनकै पार्टीभित्रबाट समेत आलोचना सुरु भएको छ । सभामुख घर्तीको बैठक सञ्चालन देखेपछि पद जुन पार्टीलाई दिए पनि महत्त्वपूर्ण भूमिकाका यस्ता पदमा जाने व्यक्तिबारे सबै दलका नेता बसेर निर्णय गर्नुपर्ने रहेछ भन्नेमा अन्य दलका नेताहरूबीच कुराकानी हुन थालेको छ ।
त्यसो त २० महिना उपसभामुख हुँदा घर्तीले एक दिन पनि बैठक सञ्चालन गरेकी थिइनन् । संसद्को उक्त अवधिको हाजिरी पुस्तिकामा उनी अधिकांश समय अनुपस्थित छिन् । प्राय: उनी पार्टीकै कार्यक्रममा काठमाडौं बाहिर हुन्थिन् भने संसद्मा भएको समयमा पनि सभामुख सुवास नेम्वाङ सधैं आफैं बैठक सञ्चालन गर्थे ।
दुइटा बैठकबाटै सभामुख घर्तीका कमजोरी बुझेका कांग्रेस सांसदले संसद्मा उनलाई र्याखर्याख्ती पार्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद रमेश लेखकले ढ्यापढ्यापे समय माग्न आफू बस्ने कुर्सी अगाडि टेबुलको माग गरिसकेका छन् । उनी बस्ने कुर्सी अगाडि टेबुल छैन । टेबुल नहुँदा ताली ठोक्न र ढ्यापढ्यापे समय लिन असजिलो हुने भएकाले उनले टेबुलको माग गरेको बुझिएको छ । संसदीय राजनीतिका धुरन्धर पात्र डा. रामशरण महत, लेखकजस्ता नेताले सभामुख घर्तीलाई सजिलै बसिखान नदिने अनुमान स्वयं एमाओवादीका नेताहरूले पनि लगाइसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply