एमालेका मधेसी जुर्मराए
काठमाडौं । प्रस्तावित २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले सांसदहरूले मधेसको समस्या समाधान गर्न पार्टी नेतृत्वलाई लिखित रूपमा ध्यानाकर्षण गर्ने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई आज भेटेर उनीहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । हिजै ज्ञापनपत्र बुझाउने तयारी गरेको भए पनि समय नमिलेका कारण आज बुझाउन लागिएको पोलिटब्युरो सदस्य शत्रुघ्न महतोले बताउनुभयो । मधेसको आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको भन्दै उनीहरूले तत्काल समस्या समाधान नगरे अवस्था भयावह हुने भन्दै नेतृत्वलाई घच्चघच्याउन लागेका हुन् । आइतबार संसद्को शंकर हलमा र सोमबार संसदीय दलको कार्यलय सिहंदरबारमा भेला भएर उनीहरूले मधेस आन्दोलनको समीक्षा गरेका थिए । महतोले भने– ‘धेरै साथीहरूको कुरा मधेसको आन्दोलन मधेसवादी दलहरूको नियन्त्रणभन्दा बाहिर पुगेको र सरकारले यसलाई नियन्त्रण नगरे अवस्था धेरै भयावह हुने भन्ने थियो ।’ महतोले भने–‘अब पनि सरकारले कहिले भारतीयको उक्साहट त कहिले के भनेर यस्तै छाडा छाडेर हुँदैन, कसरी हुन्छ आन्दोलनलाई नियन्त्रणमा लिनुपर्छ ।’ भेलाले राजनीतिक सहमतिका आधारमा सीमांकन फेरबदल गर्न, निर्वाचन क्षेत्र अन्तरिम संविधान अनुसार नै निर्धारण गर्ने गरि व्यवस्था गर्न र सबै अंगमा समानुपातिक समावेशी व्यवस्था गर्न एमालेको तर्फबाट पहल गर्ने निर्णय गरेको महतोले बताए । भेलामा सांसदहरूले मधेसमा एमालेविरुद्ध आन्दोलनकारीले हिंसा मच्चाउन थालेको र एमाले सांसद तथा नेता कार्यकर्ताका परिवारसमेत असुरक्षित भएको गुनासो गरेका थिए । कांग्रेस र एमाओवादीका मधेसी नेताहरूले दोहोरो भूमिका खेलेको भन्दै अहिले एमालेमाथि एकोहोरो प्रहार भएको उनीहरूको निष्कर्ष थियो । महतोले यसअघि गत भदौमा पनि आफूहरूले अध्यक्षलाई दसबुँदे ज्ञापनपत्र बुझाएकोमा दुई बुँदाबाहेक अरू कार्यान्वयन नभएको भन्दै ती बुँदा कार्यन्वयनमा पुन जोड दिने बताए । छलफलमा नागेन्द्र चौधरी, डा. वंशीधर मिश्र, शत्रुघ्न महतो, धर्मनाथ साह, रामचन्द्र यादव, बैजनाथ चौधरी, बलवीर चौधरी, रन्जना सरकार, आशा पाण्डे, रामकुमार महतो, पुरुषोत्तम पौडेल, दीपनारायण साह, लालबाबु यादव, रामचन्द्र साह तेलीलगायत सांसद सहभागी थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply