निहुँ खोज्दै गच्छदार
काठमाडौं । भारतीय नाकाबन्दीका कारण सरकारले खास केही काम गर्न नसकिरहेका बेला सत्तासाझेदार दलहरूले नै सरकारको आलोचना गर्न थालेका छन् । जोसुकै प्रधानमन्त्री भए पनि उपप्रधानमन्त्री बनिहाल्ने छवि बनाएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले पनि प्रधानमन्त्री केपी ओलीसँग निहुँ खोज्न थालेका छन् ।
कुनै पनि बेला सरकार कमजोर हुनासाथ नयाँ समीकरण बन्ने थाहा पाएका गच्छदारले मंगलबार प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेरै ज्ञापनपत्र दिएर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । स्रोतका अनुसार, सरकारमा रहेका कमल थापा र गच्छदारसँग सम्बन्धित सूत्रहरूले सम्भावित नयाँ समीकरणका बारेमा कुराकानी अघि बढाइसकेका छन् । एकातिर प्रधानमन्त्री ओलीले नै केही गर्न सकिएन भनेर दिक्दारी बढाइरहेको र अर्कातिर दोस्रो ठूलो सत्तासाझेदार एमाअोवादीका अध्यक्ष पुष्पमकल दाहालले पनि सरकारको आलोचना गरिरहेको बेला गच्छदारको यो अग्रसरतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकार गठनका बेला गरिएको आठबुँदे सहमति कार्यान्वयनका लागि भन्दै फोरम (लोकतन्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छादारको नेतृत्वको टोलीले आठबुँदेका केही विषयहरू व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने प्रकारका भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न माग गरेको छ । मधेस आन्दोलनका कारण कुनामा परिन्छ कि भन्ने त्रासमा रहेका गच्छदारले ध्यानाकर्षण पत्रमा तराई, मधेस, थरुहट आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न, झूटभा मुद्दा चलाइएका व्यक्तिहरूको मुद्दा फिर्ता गर्न, घरबार जलाइएका र सम्पत्ति लुटिएकाहरूलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, संघीयताको सीमांकनलगायतका विषय सम्बोधन गर्न पनि सरकारले तत्काल पहल थाल्नुपर्ने बताए । जबकि, उनी स्वयम् सरकारमा प्रधानमन्त्रीलगत्तैको मर्यादाक्रममा उपप्रधानमन्त्री छन् ।
प्रधानमन्त्री ओलीले पनि नकारात्मक जवाफ दिने कुरा भएन । उनले भने, ‘संविधान अनुसार तपाईंहरूका जायज माग पूरा गर्न म सकारात्मक छु । गच्छादार पार्टीभित्र आफूसँग असन्तुष्ट रहेका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्षहरू गोविन्द चौधरी, जीतेन्द्र देव, आशा चतुर्वेदी र सचिव रबीन्द्र ठाकुरलाई बोकेर बालुवाटार पुगेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply