अरू बिटुलो, छोरो चोखो कसरी हुन्छ कमरेड ?
काठमाडौं । एमाओवादी नेता हेमन्तप्रकाश वलीमाथिको कारबाही र उनको पार्टी परित्यागपछि एमाओवादी कार्यकर्ताले एक–अर्कामा एउटा प्रश्न गर्ने गरेका छन्– ‘अरू बिटुलो, छोरो चोखो कसरी हुन्छ कमरेड ?’ यो प्रश्नको साझो प्रहार अध्यक्ष प्रचण्डमाथि भए पनि सोझै प्रचण्डलाई नै प्रश्न गर्ने हिम्मत भने कसैले गरेका छैनन् ।
पोलिटब्युरो सदस्यसमेत रहेका वली र प्रचण्डपुत्र प्रकाशमाथि पार्टीभित्रबाट लागेको एउटै आरोप सांस्कृतिक विचलनको हो । दुवैमाथि बहुविवाह गरेका कारण कारबाही गर्नुपर्ने उजुरी परेको थियो । त्यही उजुरीका आधारमा वलीलाई विगत १ वर्षदेखि नै जिम्मेवारीविहीन जस्तै बनाएर राखियो र गत पुस ८ मा सम्मन्न केन्द्रीय कमिटी बैठकले ६ महिनासम्मका लागि साधारण सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गर्यो । यद्यपि त्यसअघि नै उनले पार्टी परित्यागको घोषणा गरेका थिए । तर, एमाओवादी स्रोतका अनुसार प्रचण्डपुत्र प्रकाश एमाओवादीमा त्यस्ता एक मात्र बृहस्पति हुन्, जसका अझै पनि दुई श्रीमती छन् । तीन वटा विवाह गरिसकेका उनले माइली श्रीमतीसँग अझै सम्बन्ध विच्छेद गरेका छैनन् । तर, छोरा भएकै कारण प्रकाशलाई चाहिँ बाबु प्रचण्डले अहिले सबै छुट मिनाहा गरेर आफ्नै सचिवालयमा ल्याएका छन् ।
वलीको झूटो बयान
कारबाही गर्ने थाहा पाएर हतार–हतार पार्टी त्यागको घोषणा गरेर हिँडेका वलीले आफ्नै श्रीमतीका बारेमा दिएका बयानको पनि अहिले एमाओवादीवृत्तमा धेरै चर्चा चल्ने गरेको छ । सञ्चार माध्यमसँग कुरा गर्दै उनले अरूकी श्रीमतीलाई भगाएको नभई कन्या केटीलाई श्रीमती बनाएको दाबी गरेका छन् ।
तर, उनको यो दाबी सफेद झूट भएको भन्दै उनको यो बयानलाई माओवादी कार्यकर्ताले हाँसोमा उडाउने गरेका छन् । एमाओवादीका एक कार्यकर्ताका अनुसार वलीकी दोस्री श्रीमती अम्बिका चन्दको उनीभन्दा अगाडि नै एक दलित युवासँग विवाह भइसकेको थियो । ती युवाको त्यसबेलाको पार्टी नाम ‘पर्वत’ हो । सांस्कृतिक विचलनकै आरोपमा कारबाहीमा परेका बेला पर्वत र चन्दबीच सम्बन्ध जोडिएको थियो । सार्की थरका ती दलितसँग विवाह गरेर घर जाँदा घरमा गाईवस्तुको छाला टाँगेर राखेको देखेपछि उनले ती युवालाई छाडेको माओवादी स्रोतले बतायो । त्यसपछि एमाओवादीको भूमिगत रेडियोमा काम गर्न थालेकी उनी शान्ति वार्ता सुरु भएपछि वलीसँग नजिकिन पुगेकी थिइन् । त्यसबेला वली मगरात इन्चार्ज थिए । एक जना सञ्चारकर्मी आवश्यक भएको बताएपछि पार्टीले तिनै चन्दलाई त्यहाँ खटाएको थियो । त्यही बेला वली र चन्दबीच सांस्कृतिक सम्बन्ध जोडिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply