प्रहरीको पम्पबाटै कालोबजारी
काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै कालोबजारी हुँदासमेत प्रशासन रमिते बनेर बसेको छ । प्रहरीकै संलग्नतामा बजारमा अभाव भएको मौका छोप्दै पेट्रोलियम पदार्थमा कालोबजारी हुँदा पनि प्रहरीका उच्च तहका हाकिमहरू कानमा तेल हालेर बसेका छन् ।
उच्च तहका प्रहरीका हाकिम र राजनीतिक दलका नेता समेतलाई चाहिए जति पेट्रोलियम पदार्थ दिने गरेकाले ती अधिकारीहरू मनपरी ढंगले चलेको बताइन्छ । प्रहरीको कल्याणकारी कोषले सञ्चालन गरेको पेट्रोल पम्प प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा र महालक्ष्मी फ्युल सेन्टर सामाखुसीमा रहेका छन् । अहिले ती दुबै पम्प पेट्रोलको कालोबजारी गर्ने अखडाका रूपमा परिणत भएका छन् । अहिले नक्सालस्थित पम्पको इन्चार्ज प्रहरी निरीक्षक चिन्तामणि बुढाथोकी र सामाखुसीस्थित पम्पको इन्चार्ज अवकाशप्राप्त प्रहरी निरीक्षक लोकहरि खनाल रहेका छन् ।
दुवैले पेट्रोल पम्पलाई कालोबजारी गर्ने अखडाका रूपमा परिणत गरेको भन्दै प्रहरी अधिकारीहरू रुष्ट बनेका हुन् । सामाखुसीस्थित पम्पबाट अवकाशप्राप्त प्रहरी निरीक्षक खनालले ३० वर्षमा नकमाएको पैसा नाकाबन्दीयता पछिल्लो ५ महिनामा कमाएको भन्दै प्रहरीहरू जिब्रो टोक्न थालेका छन् ।
सर्वसाधारणलाई सवारी साधनको लट अनुसार २ हप्ताको एक पटक ५ लिटर तेल दिन पनि हिच्किचाउने पम्पबाट कमिसन दिँदा भने जति पनि तेल हाल्न सकिने अवस्था रहेको भुक्तभोगीहरू बताउँछन् ।
उनले निजी कारवालाहरूलाई ५ हजार रुपियाँको पेट्रोल हाल्दा ५ सय कट्टा गरेर ४५ सय रुपियाँको मात्र हालिदिने गरेका छन् भने राति–राति रात्रीबसहरूमा १५ सय रुपियाँ नगद घुस लिएर हरेक बसहरूलाई पूरै ट्यांकी तेल हालिदिने गरेका छन् । रकम नबुझाउने र सेटिङविपरीत आउनेहरूलाई भने खनालले फलामे गेटमा प्रहरीलाई गार्ड राखेर त्यहीँबाट रोक्ने गरेका छन् । त्यसो त जर्किन तथा ड्रममा भरेर मध्यरातमा रेस्टुरेन्टमा सो आयल स्टोरको तेल ओसारपसार भएको सप्रमाण समाचार छापिएपछि आईजीपी उपेन्द्रकान्त अर्यालले खनाललाई बोलाएर सोधपुछ गरेका थिए । तर उनले कुनै कारबाही भने भोग्नुपरेन ।
सबै भ्रष्ट आचरणका प्रहरी अधिकारीको संरक्षणमा नै उनलाई कारबाही नगरिएको बताइन्छ । कुनै बहालवाला कर्मचारी योग्य नभएजस्तो गरी कल्याण कोषमै जिन्दगीभरी बसेर तर मारेका खनाललाई नै पम्पको इन्चार्ज बनाउनुको कारण पनि पम्पलाई कालोबजारीको अखडा बनाएर रकम उठाउने र सबैतिर पुर्याउनसक्ने कला भएकै कारण रहेको बताइन्छ । एसएसपी लव विष्ट आफैं कोष सुधार गर्ने भन्दा पनि सिपाहीको गाँस काटेर जम्मा गरिएको पैसाबाट चलेको कोषलाई कसरी धराशायी पार्ने र आफू कमाउने भन्ने ध्याउन्नमा रहेको बताइन्छ ।
खनालले आफ्ना विश्वासपात्र सई पदम बराममार्फत आफू नदेखिने गरी उठौती धन्दा जारी राख्न लगाएका छन् । बरामले खनालकै निर्देशनमा काम गर्ने गरेका छन् । आफ्ना छोराछोरी पढाउन र घरखर्च चलाउनसमेत तलबको रकमले अन्य इन्स्पेक्टरहरूलाई धौ–धौ हुने गरेकोमा खनालको भने चाहिँ हलचोकमा आलिसान महल रहेको छ ।
यता, महानगरीय प्रहरी वृत्त बालाजुका सई सुरेश पन्तकै प्रत्यक्ष संलग्नतामा त्यस आसपासमा पेट्रोलमा कालोबजारी भएको पाइएको छ । कालोबजारी रोक्नुपर्ने प्रहरी नै कालोबजारीमा संलग्न भएपछि सर्वसाधारण महँगो मूल्यमा पेट्रोल किन्न वाध्य भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित विष्णुमति पुलसँगै रहेको चक्रपथ फ्युल सेन्टरमा आएको तेल सर्वसाधारणलाई नदिई रातारात ड्रममा ओसारेर नजिकैको पसलबाट बिक्री भइरहेको बताइन्छ । प्रहरीलाई समेत कमिसन दिएर उक्त तेल २० लिटरभन्दा माथि किनेर प्रतिलिटर २ सय र १० लिटर सम्म किनेर प्रतिलिटर २ सय ५० रुपियाँमा बिक्री भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply