दुई भण्डारीबीच हात हालाहाल
काठमाडौं । जीपी कोइराला श्वास–प्रश्वास उपचार केन्द्रमा कार्यकारी निर्देशक र बोर्ड सदस्यबीचको बेमेलले हात हालाहालको स्थिति उत्पन्न भएको छ ।
आफूलाई कांग्रेस नेतृ सुजाता कोइरालाको घनिष्ठ सहयोगी दाबी गर्ने र सुरासुन्दरी भनेपछि भुतुक्क हुने कांग्रेस महासमिति सदस्य राम भण्डारीले कार्यकारी निर्देशक डा.यज्ञबहादुर भण्डारीलाई खल्तीको झैं गरी हल्लाउन खोजेपछि विवाद भएको बताइन्छ । सोही कारण अहिले दुवौ भण्डारी तनावमा परेको र दुईबीचको झगडाले बोर्डले गति लिन नसकेको बताइन्छ ।
एमालेको स्वास्थ्यमन्त्री भएको बेलामा कांग्रेसकै पावरमा कार्यकारी निर्देशक डा.यज्ञबहादुर भण्डारीलाई राम भण्डारीकै पहलमा नियुक्ति गरिइको थियो । ४ बर्से कार्यकालका लागि भर्ती भएका उनलाई अहिले भने राम भण्डारी नै जसरी हुन्छ केन्द्रबाट हटाउने अभियानमा लागेको बताइन्छ । केन्द्रमा अध्यक्ष नभएर गति लिन नसकेको बेला सरकारले अहिले डा.किरण रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । तर, उनले पनि कुनै परिवर्तनको अनुभूति दिन सकेकी छैनन् । बोर्ड सदस्य र कार्यकारी निर्देशकको द्वन्द्वका कारण केन्द्रमा कुनै सुधारको पहल हुन नसकेको बताइन्छ ।
सुरुमा नियमले मिले पनि नमिले पनि बोर्ड सदस्य भण्डारीले ल्याएका हरेक काम कार्यकारी निर्देशक डा.भण्डारीले सदर गर्दै आएका थिए । तर पछि, आफूले भनेका कामहरू पहिलेजस्तै गरी मान्न छाडेपछि उनी कार्यकारी निर्देशकसँग चिढिएको बताइन्छ । फुलब्राइट कन्सल्टेन्सीलाई केन्द्रको गुरुयोजना बनाउन बोर्ड बैठकले नीतिगत स्वीकृति नदिई राम भण्डारीकै दबाबमा कार्यकारी निर्देशकले करोडौंको काम दिएका बेलादेखि नै उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ । अहिले दुईमध्ये एकले राजीनामा दिनुपर्ने गरी बेमेल बढेको भन्दै सिंहदरबारस्थित वैद्यखानाका कर्मचारीहरू समेत जिब्रो टोक्नुपर्ने गरी आश्चर्यमा पर्न थालेका छन् । सोमबार दुई भण्डारीबीच झन्डै हात हालाहालको स्थिति भएपछि वैद्यखानाका कर्मचारीहरू घाम तापिरहेको चौरबाट झगडा छुट्याउन केन्द्रको कार्यालयमा पुगेका थिए ।
रिसको झोंकमा बोर्ड सदस्य भण्डारीले कार्यकारी निर्देशक भण्डारीलाई अपशब्द बोल्दै तथानाम गाली गरेका थिए ।
कार्यकारी निर्देशक भण्डारीले आफूले केन्द्रलाई अब गति दिने प्रयास गरिरहेको भन्दै कसैको दबाबमा राजीनामा नदिने प्रस्ट पारेका छन् । उनले अध्यक्ष आएकाले अब देखिनेगरी काम हुने बताए । बोर्ड सदस्य भण्डारीले भने सम्पर्कका लागि प्रयास गर्दा फोन उठाएनन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply