लुम्बिनीलाई अख्तियारको पासो
काठमाडौं । मन्त्री र सदस्य–सचिवबीच मनमुटाव बढ्दा लुम्बिनी विकास कोषको काम झनै अवरुद्ध हुन पुगेको छ । तराई–मधेसको आन्दोलनपछि चहलपहल शून्य भएको लुम्बिनी क्षेत्र र त्यस क्षेत्रभित्र हुनुपर्ने विकास, निर्माणका कार्यहरूले अब भने गति लिने अपेक्षा राखेकै बेला त्यस्तो स्थिति सिर्जना भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल र कोषका सदस्य–सचिव अजीतमान तामाङबीच पछिल्लो समय जुहारी चल्न थालेको छ । विगतमा माओवादीले मन्त्रालय सम्हालेको बेला सदस्य–सचिव भएका तामाङ आफूलाई मन्त्रीले हटाउने अधिकार नरहेको हुँदा आफूले भनेबमोजिम काम हुनुपर्ने जिकिर गर्दै आएका छन् । अझै दुई वर्ष कार्यकाल बाँकी रहेका तामाङले कोषमा रहेर लुम्बिनीको विकास, निर्माणलगायत काममा मनपरी गर्न थालेपछि उनीप्रति मन्त्री पोखरेल असन्तुष्ट बनेका थिए । केही समयपूर्व लुम्बिनीको भ्रमणमा जाँदा पनि मन्त्री पोखरेलले नाम नतोके पनि तामाङप्रति लक्षित गर्दै ‘केही बदनाम व्यक्तिहरूका कारण कोष बदनाम बनेको’ बताएका थिए ।
यसैबीच, मन्त्री पोखरेलले रिक्त रहेको कोषको सञ्चालक सदस्यहरूमा विभिन्न मन्त्रालयका चार जना सचिवहरूलाई यसै हप्ता नियुक्त गरेका छन् । मनपरी ढंगले चलेका सदस्य–सचिवलाई तह लगाउन खाली रहेको बोर्ड पूरा गरे पनि तामाङले भने सितिमिति रुपमा अरुलाई नटेर्ने गरेको हुँदा सचिवहरूलाई पनि टेर्ने सम्भावना देखिँदैन । तर, केही दिनपूर्व कोषमा व्यापक रूपमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषको सबै कागजपत्र नियन्त्रणमा लिएपछि भने तामाङको होस केही मात्रामा भए पनि उडेको बताइन्छ । विगत दुई वर्षदेखिका कागजपत्रहरू अख्तियारले नियन्त्रणमा लिएको छ । सदस्य–सचिवले ५ लाखभन्दा माथिको बजेट स्वीकृत गर्दा टेन्डरमार्फत गराउनुपर्ने नियम रहे पनि उनले एउटा कम्पनीलाई भने बिनाटेन्डर करिब ३० करोडको ठेक्का दिएका थिए । उक्त ठेक्का दिएबापत उनले करोडौं बुझेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply