अखिलमा दीपक सशक्त
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुमा महाधिवेशनको चटारो लागेसँगै अध्यक्षका दाबेदार दीपक गौतम सशक्त देखिएका छन् । केही जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन नसके पनि अहिलेसम्म चयन भएका १५ सय प्रतिनिधिमध्ये गौतमको पक्षमा ९ सय प्रतिनिधि रहेको बताइएको छ ।
गौतमको पक्षमा देशव्यापी माहोल बन्दै गएकाले तटस्थ रहेका प्रतिनिधिहरू पनि गौतमलाई खुलेर समर्थन गर्नतिर लागेका छन् । गौतमइतर खेमाबाट उपाध्यक्ष ऐन महर र महासचिव नवीना लामा दुवैले अध्यक्षमा दाबी गर्दै प्रचार अभियान थालेकाले पनि उक्त समूह कमजोर भएको हो । सो समूहले संगठनको पद्धतिविपरीत केही जिल्लामा बैठक नै नराखी एकपक्षीय ढंगले प्रतिनिधि चयन गरेपछि विवाद भएको छ भने मंसिर मसान्तपछि कमिटीमा मनोनयन तथा थपघट गर्न नपाइने भए पनि जबर्जस्त मनोनयन गरेपछि उक्त निर्णय गौतम पक्षले स्वीकार गरेको छैन ।
मकवानपुर, मोरङलगायतका जिल्लामा कमिटीमै विवाद देखिएको छ भने मोरङ, बारा, पर्सा, जुम्ला
सिरहालगायतका जिल्लाका प्रतिनिधिहरूमा विवाद भएको छ । विवाद बढेपछि प्रतिनिधि व्यवस्थापन उपसमितिले विवाद हल गर्नका लागि बैठक गरिरहेको छ भने सो कमिटीले विवाद हल गर्न नसकेमा स्थायी कमिटीबाट समाधान खोजिने बताइएको छ ।
केही अञ्चल, जिल्ला र राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि विवाद भए पनि अहिलेसम्म चयन भएका स्थानमा कतै निर्वाचनबाट त कतै सर्वसम्मत तरिकाले सौहार्दपूर्ण ढंगले प्रतिनिधि चयन भएको गौतमले बताए । यही माघ २७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा महाधिवेशनको उद्घाटन गर्नेछन् ।
गौतमले आफूले योग्य, क्रियाशील र सशक्त टिमको नेतृत्व गर्ने र आफूलाई निर्विरोध गरेमा अन्य आकांक्षी साथीहरूलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिलाउन पहल गर्ने बताए । प्रतिनिधिहरू लगभग चयन भइसकेकाले अब सबै अवरोधका बाबजुद महाधिवेशन हुने निश्चित भएको र विवादित स्थानमा पनि सर्वसम्मतिका आधारमा प्रतिनिधि चयन हुने अध्यक्षका दाबेदार गौतमले बताए । अहिलेसम्म सिन्धुपाल्चोक, सीटीईभीटी राष्ट्रिय कमिटी र बाग्मती अञ्चल समन्वय कमिटीबाट चयन भएका प्रतिनिधिमा विवाद छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply