अखिलमा दीपक सशक्त
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुमा महाधिवेशनको चटारो लागेसँगै अध्यक्षका दाबेदार दीपक गौतम सशक्त देखिएका छन् । केही जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन नसके पनि अहिलेसम्म चयन भएका १५ सय प्रतिनिधिमध्ये गौतमको पक्षमा ९ सय प्रतिनिधि रहेको बताइएको छ ।
गौतमको पक्षमा देशव्यापी माहोल बन्दै गएकाले तटस्थ रहेका प्रतिनिधिहरू पनि गौतमलाई खुलेर समर्थन गर्नतिर लागेका छन् । गौतमइतर खेमाबाट उपाध्यक्ष ऐन महर र महासचिव नवीना लामा दुवैले अध्यक्षमा दाबी गर्दै प्रचार अभियान थालेकाले पनि उक्त समूह कमजोर भएको हो । सो समूहले संगठनको पद्धतिविपरीत केही जिल्लामा बैठक नै नराखी एकपक्षीय ढंगले प्रतिनिधि चयन गरेपछि विवाद भएको छ भने मंसिर मसान्तपछि कमिटीमा मनोनयन तथा थपघट गर्न नपाइने भए पनि जबर्जस्त मनोनयन गरेपछि उक्त निर्णय गौतम पक्षले स्वीकार गरेको छैन ।
मकवानपुर, मोरङलगायतका जिल्लामा कमिटीमै विवाद देखिएको छ भने मोरङ, बारा, पर्सा, जुम्ला
सिरहालगायतका जिल्लाका प्रतिनिधिहरूमा विवाद भएको छ । विवाद बढेपछि प्रतिनिधि व्यवस्थापन उपसमितिले विवाद हल गर्नका लागि बैठक गरिरहेको छ भने सो कमिटीले विवाद हल गर्न नसकेमा स्थायी कमिटीबाट समाधान खोजिने बताइएको छ ।
केही अञ्चल, जिल्ला र राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि विवाद भए पनि अहिलेसम्म चयन भएका स्थानमा कतै निर्वाचनबाट त कतै सर्वसम्मत तरिकाले सौहार्दपूर्ण ढंगले प्रतिनिधि चयन भएको गौतमले बताए । यही माघ २७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा महाधिवेशनको उद्घाटन गर्नेछन् ।
गौतमले आफूले योग्य, क्रियाशील र सशक्त टिमको नेतृत्व गर्ने र आफूलाई निर्विरोध गरेमा अन्य आकांक्षी साथीहरूलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिलाउन पहल गर्ने बताए । प्रतिनिधिहरू लगभग चयन भइसकेकाले अब सबै अवरोधका बाबजुद महाधिवेशन हुने निश्चित भएको र विवादित स्थानमा पनि सर्वसम्मतिका आधारमा प्रतिनिधि चयन हुने अध्यक्षका दाबेदार गौतमले बताए । अहिलेसम्म सिन्धुपाल्चोक, सीटीईभीटी राष्ट्रिय कमिटी र बाग्मती अञ्चल समन्वय कमिटीबाट चयन भएका प्रतिनिधिमा विवाद छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply