कुशलाई हटाउन कोको लागे ?
काठमाडौं । काठमाडौं–हेटौंडा सुरुङ मार्ग निर्माण गरेर विकासको आयाम ल्याउने भन्दै अघि सरेका व्यवसायीहरू आफैं फुटमा लागेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीलाई अघि सारेर उनकै नेतृत्वमा केही व्यवसायी र केही जनप्रतिनिधिले कम्पनी खडा गरे पनि अन्तत: दुई गुट खडा भएपछि जोशीलाई पाखा लगाउने षड्यन्त्र भएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनीमा जम्मा १० हजार रुपैयाँ सेयर हालेर सञ्चालक भएका कुलेखानी गाविसका पूर्वअध्यक्ष राजुमान महर्जनले कुशकुमार जोशी हटाउन भन्दै संघर्ष समिति नै गठन गरेर अभियान थालेका थिए । बोर्ड बैठकमा तीव्र दबाबपछि उपाध्यक्ष लालकृष्ण केसी, सदस्य सुभाषचन्द्र ठकुरी लगायतले जोशीलाई कम्पनीबाट बाहिर्याए नयाँ लगानी भित्रिन सक्ने भन्दै कम्पनीबाट राजीनामा दिन भनेका थिए ।
होटल अन्नपूर्णमा बोर्ड बैठक चलिरहँदा गेटमै एक हुल मान्छे लगेर होटल घेर्न लगाएर राजीनामा नदिए बाहिर निस्कनै नदिने भन्दै केसी र ठकुरीले कापेमा पारेर जोशीलाई घरायसी कारण भन्दै राजीनामा दिन र सोही अनुसार ड्राफ्ट गर्न बाध्य पारेका थिए । जोशीले नयाँ लगानीकर्ता ल्याउने ग्यारेन्टीको सर्तमा अर्को बोर्ड बैठकसम्म नयाँ लगानी आए राजीनामा दिने अन्यथा आफैंले लगानीकर्ता खोजेर कम्पनी चलाउने तर छोडेर नभाग्ने प्रतिबद्धता जनाएका थिए ।
तर, एक्कासि एक हुल गुन्डा लगेर गोप्य सिलबन्दी पत्र जबर्जस्ती खोलेर आफ्ना विरोधीहरूले मिडियामा लगेको भन्दै जोशीले बुधबारसँग गुनासो गरे । उनले भने, ‘आन्तरिक सहमति भए पनि मैले छोडिसकेको छैन, कसले छोड्ने वा नछोड्ने भन्ने कुरा आगामी माघ २७ गतेको बोर्ड बैठकले निर्णय गर्छ ।’ त्यसो त मकवानपुर–२ का सांसद सुभाष ठकुरी पनि डेढ लाख रुपैयाँ लगानी गरेर सञ्चालक भएका हुन् । ‘एक लाख रुपैयाँ हालेका हुन्, त्यसमा ५० लाख मैले नै हालिदिएको हुँ तर डेढ लाख लगानी गर्नेकै साढे ३ लाख बेरुजु छ ।’ उपाध्यक्ष केसीको फुलब्राइट कन्सल्टेन्सीले आफैंले डीपीआर तयार पार्ने काम गरेर करोडौं रकम विनाप्रतिस्पर्धा खर्च गरेको छ भने सञ्चालकहरूले विदेश भ्रमण, बैठक भत्ता र अन्य बहानामा ठूलो रकम खर्च गरेर अधिकांश बजेट सञ्चालन खर्चमै सकाएका छन् ।
जोशीलाई हटाएर सुमार्गी परिवारलाई सुरुङ मार्गमा भित्र्याउने योजना अनुरुप नै जोशीविरोधी अभियान सुरु भएको बताइन्छ । अहिले कम्पनीको अध्यक्ष जोशी, उपाध्यक्ष केसी तथा सदस्यहरूमा ठकुरी, भवन भट्ट, प्रदिपजंग पाण्डे, नुगलआनन्द वैद्य, भुवनलाल श्रेष्ठ, जयराम लामिछाने, शबुन्ताललाल हिराचन र सनद न्यौपाने रहेका छन् ।
त्यसमध्ये लामिछानेले पहिल्यै राजिनामा दिएका थिए । जोशीले बजेट खोज्न नकसेकाले लगानीकर्ता खोज्न अर्को व्यक्तिलाई अध्यक्ष बनाउनकै लागि आफूहरूले आन्दोलन गरेको महर्जनले बताए । त्यसो त अर्का चर्चित व्यवसायी विक्रम पाण्डेले पनि केही पहिले नै आयोजनाबाट हात झिकिसकेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply