भतिजा किरियामा, भान्जीलाई भोटको चिन्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधन भएको भर्खर आठ दिन पूरा भएको छ । उनको निधनमा पार्टी कार्यालयहरूमा अझै पनि पार्टीको झन्डा आधा झुकाइएको छ तर कोइराला निवास महाराजगन्जमा भने अहिले भोटको खेती भइरहेको छ ।
कोइराला निवासभित्र उनका दुई भतिजा अतुल र सुशांक दिवंगत काकाको किरिया बसेका छन् तर निवासबाहिरको माहोललाई पुरै आसन्न महाधिवेशनले छोएको छ । प्रधानमन्त्री हुँदा कोइरालको स्वकीय सचिव रहेकी मृदुला कोइरालाले अहिले कोइराला निवासमा प्रदर्शन गरेको व्यवहार देखेर त्यहाँ किरियापुत्री भेट्न जाने सबै कांग्ेरसका नेता तथा कार्यकर्ता छक्क पर्ने गरेका छन् । कोइराला नै भए पनि मृदुला नातामा सुशीलकी भान्जी हुन् । सुशील प्रधानमन्त्री हुँदा कांग्रेसका अरू नेता तथा कार्यकर्तालाई मृदुला रौंबराबर पनि गन्दिनथिन् । सुशीललाई भेट्न जाने कोही उनलाई मन नपरेको मान्छे छ भने भेट नै नगराई फर्काइदिन्थिन् । तर तिनै मृदुलाको व्यवहारमा अहिले आनतानको परिवर्तन आएको छ । किरयापुत्री भेट्न जानेहरू सबैको नाम टिप्ने, सन्चो बिसन्चो सोध्ने र फोन नम्बर टिपेर राख्ने काम सबै उनी आफैं गर्छिन् ।
स्वर्गीय कोइरालाको १३औं दिनको पुण्यतिथिको अवसर पारेर आगन्तुकहरूलाई बोलाउने प्रयोजनका लागि मृदुलाले सबैको नाम र सम्पर्क नम्बर लिएको अनुमान धेरैले लगाएका थिए । तर, यथार्थ बेग्लै रहेछ । कांग्रेसनिकट स्रोतका अनुसार मृदुलाको यो सबै गतिविधि आसन्न महाधिवेशनमा भोटका लागि गरिएको रहेछ । स्रोतका अनुसार उनी मोरङ क्षेत्र ५ बाट महाधिवेशन प्रतिनिधि बनेकी छन्, त्यो पनि सर्वसम्मत । आसन्न तेह्रौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा उठ्ने तयारीमा छिन् । कोइराला छउन्जेल उनकै नाममा चुनाव जित्ने सपना देखेकी थिइन् तर कोइरालाको निधनसँगै आफूलाई संरक्षण गर्ने कांग्रेसमा कोही नदेखेर उनले कार्यकर्ता तान्न किरियापुत्री घरलाई प्रयोग गरेको बताइन्छ । किरियापुत्री भेट्न जानेहरूको नाम र सम्पर्क नम्बर लिएपछि ‘सम्पर्कमा रहनुहोला है’ भन्दै मीठो बोलीले गेटबाहिरसम्म पुगेर बिदा गर्ने गरेको कांग्रेसकै एक महाधिवेशन प्रतिनिधिले बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply