महिनाभरि नै गभर्नर गयल
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएको एक वर्ष भए पनि उनमा विदेश भ्रमणको मोह भने अझै नमरिसकेको देखिएको छ । गभर्नर भएयता प्रायजसो समय विदेश घुम्नमै बिताएका नेपालले अहिले पनि विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने गरेको पाइएको छ ।
विगतमा राष्ट्र बैंकमा डेपुटी गभर्नर नहुँदा विदेश भ्रमण कम गरे पनि अहिले भने आवश्यक नहुँदा समेत करिब आधा दर्जन देशमा घुम्ने तयारीमा गभर्नर नेपाल जुटेका छन् । यो चैत महिनामा मात्रै गभर्नरले दुई मुलुक घुमिसकेका छन् भने केही दिनभित्रै अमेरिका जान सुटकेश मिलाउन लागिपरेका छन् । यसअघि, गभर्नर नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा पनि सामेल थिए । चीनको बैंकले नेपालमा शाखा खोल्न पाउने सहमतिमा हस्ताक्षर गर्न गभर्नर नेपाल प्रधानमन्त्री चीन उड्नुभन्दा दुई दिनअघि नै चीन गएका थिए । चीन भ्रमणबाट फर्केको दुई दिनपछि नै उनी दक्षिण कोरिया गएका थिए । कोरियाबाट उनी गत आइतबार मात्र नेपाल फर्किएका हुन् ।
कोरियाबाट फर्केका उनी पर्सि शुक्रबार अमेरिकातिरलाग्दै छन् । अमेरिकाको वासिंगटन डीसीमा अर्थ मन्त्रालयका पदाधिकारीहरू संलग्न हुने बैठकमा जान लागेका हुन् । उक्त बैठकमा नेपालबाट अर्थ मन्त्रालयका कर्मचारीहरू नजाने भए पनि गभर्नर नेपाल भने जाने तयारीमा लागेका छन् । यो हिसाबले गभर्नर नेपालले चालू चैत महिनामा राष्ट्र बैंकमा पाँच दिन मात्रै उपस्थिति जनाउने देखिएको छ । विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने गभर्नरले आफूसँगै राष्ट्र बैंकका बोर्ड सचिव राजेन्द्र पण्डितलाई पनि लैजाँदै छन् । अहिले राष्ट्र बैंकको सबै काम पण्डितले नै हेर्दै आएका छन् । आफ्नो विश्वासिलो पात्र भएको हुँदा गभर्नरले पण्डितलाई धेरै नै अवसरहरू दिने गरेको बताइन्छ ।
अमेरिकाबाट वैशाखको पहिलो हप्ता नेपाल फर्किएपछि अरू दुई देशको भ्रमण गर्ने गभर्नर नेपालको योजना रहेको छ । अमेरिकाबाट फर्किएलगत्तै उनी भारत र इन्डोनेसिया जाने तयारीमा लागेका छन् । यसअघि पनि पटक–पटक विदेश भ्रमण गरेर विवादमा आएका गभर्नर नेपालले राष्ट्र बैंकको कामहरूमा ध्यान दिनुभन्दा पनि विदेश घुम्नमा नै चासो दिन थालेको हुँदा उनको सर्वत्र आलोचनासमेत हुन थालेको छ । तर, जतिसुकै आलोचना भए पनि आवश्यक पर्ने र नपर्ने दुवैखाले कार्यक्रममा विदेश जान भने गभर्नरले नछाडेको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply