चीन भ्रमणमा लर्को
काठमाडौं । नेकपा एमालेबाट एउटै साता तीनवटा टोलीले छिमेकी राष्ट्र चीन भ्रमण गर्ने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सचिव प्रदीप ज्ञवाली नेतृत्वको १५ सदस्यीय टोली गत ४ गते चीन प्रस्थान गरेलगत्तै हिजो केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ नेतृत्वको १५ सदस्यीय अर्को टोली १० दिने भ्रमणमा त्यसतर्फ प्रस्थान गरेको छ ।
यसै साता महासचिव ईश्वर पोखरेल नेतृत्वको अर्को टोली पनि चीन भ्रमणमा जाँदै छ । ज्ञवाली नेतृत्वको टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापासहित तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीहरू सहभागी छन् । त्यस्तै, श्रेष्ठको नेतृत्वमा केही केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र पूर्वसभासद् भ्रमणमा गएका छन् । टोलीमा केन्द्रीय सदस्य गोविन्द नेपाली, खेममान खड्का, पूर्वकेन्द्रीय सदस्य भानुभक्त जोशी, पूर्वसभासद् शान्ति पाख्रिन, विचारी यादव, सांसद केदार सिग्देल, धनकुटा अध्यक्ष राजेन्द्र राई, पाँचथर अध्यक्ष राजकुमार भण्डारी, बुटवलका गोपाल भट्टराई, जाजरकोटका सचिव चन्द्रप्रकाश घर्ती, दाङका पूर्वअध्यक्ष नरुलाल चौधरी, गुल्मीकी मैना भण्डारी र पर्साका बालगोपाल थापा छन् । टोलीले राजधानी बेइजिङमा दुई दिन, व्यापारिक सहर ग्वाङजाओ र क्वाङ्जीमा पाँच दिन अध्ययन भ्रमण गर्नुका साथै अनुभव आदानप्रदान गर्ने कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।
गत ३ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा औपचारिक छलफल र निर्णयविनै सरकारी नियुक्ति, भ्रमण भइरहेको भन्दै अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैलीको कडा आलोचना गरेका थिए । पार्टीलाई एकताका साथ अघि बढाउने केन्द्रीय कमिटीको संस्थागत निर्णयलाई चुनौती दिँदै महासचिव ईश्वर पोखरेलले कसैलाई पत्तो नदिई आसेपासे गुटका बफादार नेता–कार्यकर्ताहरूलाई भ्रमण टोलीमा सामेल गरेको स्रोतले जनाएको छ । पार्टीको सांगठनिक गतिविधि ठप्पप्राय: बनाएर कार्यालयलाई नै गुटको अखडा बनाएको भन्दै पोखरेलविरुद्ध अनेक कोणबाट टिप्पणी भए पनि बैठक सकिएको साता नबित्दै उनले गुटगत क्रियाकलापको ‘भद्दा नमुना’ प्रस्तुत गरेकोमा पुन: आलोचना सुरु भएको छ ।
भ्रमण टोलीका सदस्यका विषयमा महासचिव पोखरेलले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमसँग कुनै परामर्श नगरेको बुझिएको छ । चार महिनाअघि महासचिव पोखरेलले उनका सचिवालय र पारिवारिक नाताका व्यक्तिलाई पार्टी नेताको कोटामा भ्रमणमा पठाएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply