मन्त्रीलाई यस्ता मानिस प्यारो
काठमाडौं । अबको ६ दिनपछि नेपाल आयल निगमका कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै छ । तर, अहिले निगमका कर्मचारीहरूबीच निर्वाचनको चर्चा त हुने नै भयो, त्योभन्दा पनि बढी चर्चा एमाओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका दुईजना कर्मचारीहरूको हर्कतलाई लिएर हुने गरेको छ । विगतमा चोरी कार्यमा संलग्न रहेको आरोप लागेका दुईजना कर्मचारीलाई अझै पनि एमाओवादीनिकट कर्मचारी संगठनले च्यापेकोमा अरू कर्मचारीहरू चकितसमेत पर्ने गरेका छन् ।
एमाओवादीनिकट संगठनका उपाध्यक्ष नरिमान खाती मोबाइल चोरीको मुद्दामा मुछिइसकेका कर्मचारी हुन् । केही समयअघि निगमको अमलेखगन्ज डिपोमा प्राविधिक पदमा कार्यरत खातीले एकजना पेट्रोलियम डिलर सञ्चालकको मोबाइल चोरी गरेपछि त्यही आरोपमा उनलाई प्रहरीले कारबाही गरेको थियो । अमलेखगन्ज डिपोमा तेल लिन आएका डिलर सञ्चालकले निगमको कार्यालयमै आफ्नो मोबाइल चार्ज गर्न राखेका थिए । एकाध घन्टा चार्जमा राखेपछि मोबाइल लिन पुगेका ती डिलर सञ्चालकले आफ्नो मोबाइल नपाएपछि चोरी भएको अनुमान गरे र तत्काल प्रहरीमा उजुरी दिए । प्रहरीकहाँ उजुरी परेपछि प्रहरीले खोजतलास गर्यो । खोजतलास गर्ने क्रममा खातीले चोरी गरेर उक्त मोबाइल सञ्चालन गरिरहेको पत्ता लगाए । त्यसपछि खातीलाई आवश्यक कारबाही गरी मोबाइल फिर्ता लिएर ती डिलर सञ्चालकलाई प्रहरीले जिम्मा लगाएको थियो ।
एमाओवादीनिकट संगठनकै केन्द्रीय सदस्य निरन मगरातीको कहानी पनि खातीकै जस्तो छ । निगमको थानकोट डिपोमा पाँचौं तहमा कार्यरत रहेका मगरातीले आफ्नै कार्यालयका एक सोझा कर्मचारीको एटीएम कार्ड चोरी गरेर बैंकबाट पैसा झिकेका थिए । ती सोझा कर्मचारीसित सुरुमा गफगाफ गर्दा उनले पिन नम्बर उम्काउन सफल भएका थिए र पछि एटीएम नै चोरी गरेर ८ हजार रूपैयाँ झिकेका थिए । आफ्नो एटीएमबाट
पैसा निकालिएको थाहा पाएपछि सीसीटिभीमा हेर्दा मगरातीलाई देखाएपछि उक्त घटना पुष्टि हुन पुगेको थियो ।
विगतमा गलत कार्यमा संलग्न भइसकेका खाती र मगराती अहिले भने एमाओवादीनिकट संगठनका हर्ताकर्ता बनेका छन् र उनीहरूलाई मन्त्रीले नै संरक्षण दिएको बताइन्छ । उनीहरूले आपूर्तिमन्त्री गणेशमान पुनको नाम बेचेर कमाउ धन्दा चलाइरहेका छन् । मन्त्री आफ्नै पार्टीको मानिस भएको हुँदा कतिपय व्यक्तिलाई जागिर लगाइदिने प्रलोभनमा पारेर कमाउ धन्दामा उनीहरू लागेको बताइन्छ । तर, यही वैशाख १३ गते हुन लागिरहेको ट्रेड युनियनको निर्वाचनमा संगठनको कुरा उठ्नुअघि तिनै खाती र मगरातीको चर्चाले स्थान पाउने थालेको छ । संगठनको चर्चा हुनेबित्तिकै सबैले ‘ए, त्यही खाती र मगरातीको संगठन’ भन्ने गरेका छन् ।
त्यस्तै, आपूर्तिमन्त्री पुनले पनि संगठनलाई चुनाव जिताउन सबै अस्त्र प्रयोग गरिरहेका छन् । मन्त्री पुनले एमाले छाडेर एमाओवादीतिर लागेका संगठनका अध्यक्ष गोपाल राईलाई चुनाव जिताउने आश्वासन दिएको बताइन्छ । तर, निगमभित्र संगठनको स्थिति अत्यन्तै कमजोर रहेको हुँदा चुनाव जित्ने सम्भावना त छैन नै, तेस्रो नम्बरमा पुग्ने अनुमान गरिएको छ । यसपटकको ट्रेड युनियनको चुनावमा एमालेनिकट कर्मचारी संघले अग्रता लिएको छ । संघको पक्षमा ७० प्रतिशत मत खस्ने आँकलन गरिएको छ । बाँकी ३० प्रतिशत मतचाहिँ संगठन र कांग्रेसनिकट युनियनको पक्षमा खस्ने देखिएको छ । युनियनका अध्यक्ष प्रदीपमान वसीले आफ्नो संगठनलाई चुनाव जिताउन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई प्रयोग गर्न खोजेका थिए । खड्काले पनि युनियनलाई चुनाव जित्ने वातावरण मिलाउन खोजेका थिए । तर, अरू कर्मचारी संगठनहरूले खड्कालाई दबाब दिएपछि अहिले तटस्थ बस्ने बताएका छन् । केही दिनपहिले खड्काले ‘म चुप लागेर बस्छु, काम तपाईंहरूले गर्ने हो’ भनेर कर्मचारीहरूलाई जवाफ दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply