पोखरा विमानस्थलमा मुसा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते शिलान्यास गरेको पोखरा विमानस्थल चार वर्षमा पूरा गर्ने लक्ष्य राखिए पनि पूरा हुन कठिन देखिएको छ । पोखरा क्षेत्रीय विमानस्थलका प्रमुख तथा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख प्रदीप अधिकारीका कारण प्रधानमन्त्री ओलीको वचन पूरा हुन समस्या देखिएको हो ।
आयोजना प्रमुख अधिकारीले मुसाले धानको भकारीमा प्वाल पारेजसरी विमानस्थलको बजेट सुरुदेखि नै विभिन्न बहानामा लामो हात गर्दै आयोजनाको लागत बढाउने काम गरिरहेको बताइन्छ ।
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिशचन्द्र लाल सुमनकै पालादेखि पोखरा बस्ने सौभाग्य पाएका उनले अहिलेका महानिर्देशक सञ्जीव गौतमलाई समेत रिझाएर त्यत्रो ठूलो परियोजनाको हर्ताकर्ता हुने अवसर पाएका छन् ।
तर, परियोजना सम्हाल्ने र राम्रो काम गर्नेभन्दा पनि उनको ध्यान कमिसनमै मात्र केन्द्रित हुन थालेको बताइन्छ ।
अधिकारीले सो आयोजनाका लागि साढे ३ सय रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा दिने बेलामा स्थानीयस“ग व्यापक कमिसन लिएको त्यतिबेलै चर्चा थियो भने अहिले आयोजनालाई अनावश्यक व्ययभार पार्न कार्यालयमा गाडी हुँदाहुँदै अर्को गाडी भाडामा लिएका छन् । साइट अवलोकनका लागि भन्दै भाडामा लिइएको बा७प २९८९ नम्बरको गाडीबाट आयोजनाको ७० लाख व्ययभार थपिएको बताइन्छ । त्यसो त उनले बा१अ १७७१ नम्बरको कार्यालयको गाडीमा समेत प्राइभेट नम्बरको रातो प्लेट राखेर हरेक दिन सा“झपख पोखराका डाँडाहरू र रेस्टुरेन्टमा रमझम गर्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताए ।
त्यति मात्र होइन, ढल निकास र नाला खन्ने क्रममा अनावश्यक ठाउँमा खन्न लगाएका र त्यसबापत दोहोरो खर्च भएको छ । विमानस्थल परिसरमा रहेको ग्यारेज भत्काउन लगाएर त्यहाँ भएका काठ तथा जस्तापाता सीधै जिन्सीमा लगत राख्नुपर्नेमा ठेकेदारलाई प्रयोग गर्न दिएर ठेकेदारबाट कमिसन खाएको बताइन्छ ।
सानोभन्दा सानो काममा पनि आफ्नो भाग कमिसन खोज्ने उनको प्रवृत्तिका कारण ठेकेदारहरू पनि उनीदेखि हैरान भएको बताइन्छ ।
जुन पार्टी आयो सोही पार्टीको रङ फेर्न सिपालु गौतमले नाकाबन्दीको बेला मन्त्री भएलगत्तै पोखरा पुगेका पर्यटनमन्त्री आनन्द पोखरेललाई इन्धन अभावका बेला दुईवटा गाडीमा फुल ट्यांकी इन्धन हालिदिएका थिए । अचेल उनले मन्त्रीलाई समेत मैले त्यस्तो अभावको बेला तेल हालिदिएकाले मन्त्रीले छुन सक्दैनन् भन्दै साथीभाइसँग भन्ने गरेका छन् ।
त्यसो त ११औं तहको कर्मचारी जानुपर्ने सो स्थानमा केही महिनाअघि मात्र १० तहमा बढुवा भएका उनको हालिमुहाली देखेर अन्य वरिष्ठ कर्मचारीहरू छक्क परेका छन् । मुगुको प्रमुख रहँदा विमानस्थलमा व्यापक अनियमितता गरेको भनेर कर्मचारीहरूबाट लखेटिएपछि त्यहाँ जानै नसकेका उनी महानिर्देशक गौतमलाई समेत बेलाबेलामा भेटीघाटी बुझाउने गर्छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply