काठमाडौं नछाड्न एमाले सांसदलाई निर्देशन
काठमाडौं । एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुअघि काठमाडौं नछाड्न निर्देशन दिएको छ । हिजो बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलको नेतासमेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उक्त निर्देशन दिएका हुन् ।
बैठकमा ओलीले सरकार परिवर्तन गर्न विपक्षीहरूले चलखेल सरु गरेको बताएका थिए । संसद्मा विपक्षीहरू आक्रामक ढंगले आउन लागेको कुरा उल्लेख गर्दै ओलीले विपक्षीले संसद्मा उठाउने हरेक विषयको प्रभावकारी रूपमा जवाफ दिने गरि तयारी गर्नुपर्ने बताएका थिए । ‘सरकार परिवर्तन गर्न अहिले दौडधुप चलिरहेको छ, कसरतहरू भइरहेका छन्,’ ओलीले भने, ‘तर, हाम्रो ध्यान बजेटमा छ । सरकार छाड्नुपरे पनि केही छैन, तर ल्याउन पायौं भने हामी राम्रो नीति तथा कार्यक्रम ल्याउ“छौं, राम्रो बजेट ल्याउ“छौं । अहिले तयारी पनि त्यसैमा गरिरहेका छौं ।’
‘बजेट अवधिभर कोही सभासद् पनि विदेश नजानुस्, विशेष परिस्थितिबाहेक जिल्ला पनि कोही नजानुस्, ओलीले भने, ‘विपक्षीहरू आक्रामक ढंगले आएका छन्, बजेट ल्याउन दिन पनि सक्छन्, नदिन पनि सक्छन् ।’
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply