उधारो अध्यक्षको लोभले फुट्ने भयो माओवादी
काठमाडौं । अध्यक्षको उधारो आश्वासन एक वर्षसम्म पनि पूरा नभएपछि डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको आठ महिना नबित्दै एमाओवादीमा फेरि उधारो अध्यक्ष पदको चर्चा सुरु भएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा महासचिव रामबहादुर थापालाई प्रचण्डपछिको अध्यक्ष बनाउने भन्दै एमाओवादीमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ । उधारो अध्यक्षको आश्वासन पाएपछि थापाले वैद्य नेतृत्वको माओवादी फेरि फुटाउने भएका छन् । यसअघि नेत्रविक्रम चन्दले विभाजन गरिसकेको यो पार्टी एमाओवादीमा एकताको नाममा फेरि विभाजन हुन लागेको हो । थापालाई भूमिगत कालदेखि नै सघाउँदै आएका पम्पा भुसाल, हितमान शाक्य, देव गुरुङ, कुलप्रसाद केसी, रामदीप आचार्य, महेश्वर दाहालहरू अहिले पनि पार्टी एकता गर्ने दाहालकै लाइनमा छन् । उनीहरू अहिले एकताको पक्षमा केन्द्रीय कमिटीमा बहुमत पुर्याउन हस्ताक्षर जुटाउँदै हिँडेका छन् ।
एमाओवादीका एक नेताका अनुसार बादल अब एमाओवादीमा आउने र वैद्य माओवादी फुट्ने निश्चित भइसकेको छ । ती नेताले भने, ‘बादललाई प्रचण्डपछिको अध्यक्ष दिने गरी एकता हुन लागेको हो । तर, एकतामा ढिलाइ हुनाको पछाडि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात रहेको पनि उनले बताए । अहिले वादललाई दोस्रो वरीयतामा राख्ने र प्रचण्डपछि अध्यक्ष बनाउने भन्ने कुरामा काजी असन्तुष्ट रहेको ती नेताको दाबी छ । उनले भने– ‘एकताका नाममा आएर राइदाइँ गरेका ‘चैतेहरूलाई तह लगाउन पनि बादललाई प्रचण्डपछिको नेता बनाउन जरुरी छ, काजीले पनि बादललाई नस्विकरी धर छैन । तर, प्रचण्डले बाबुरामलाई जस्तै उधारो अध्यक्ष दिएर खेलाइरहने हुन् कि भन्ने आशंका बादलले गरेका छन् । त्यही भएर लिखित सहमति गरेर मात्र एमाओवादीमा फर्कने बादल समूहले एमाओवादीका शीर्ष नेताहरूलाई बताइरहेका छन् । सकेसम्म भद्र सहमतिकै आधारमा मनाउन र नमाने लिखित सहमति गरेर भए पनि बादललाई उमाओवादीमा ल्याउन एमाओवादीका दोस्रो तहका नेता क्रियाशील छन् ।
अध्यक्षको लोभमा बादल एमाओवादीमा जाने भए पनि बैद्य, सीपी गजुरेल तथा पछि एकता प्रक्रियाबाट आएका परि थापालगायतका नेताहरू एकताको विपक्षमा टस न मस छन् । बरु, विप्लवसँग एकता गर्नुपर्ने तर एमाओवादीसँग एकता गर्न नहुने उनीहरूको अडान छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply