चौतारीमा तयारी तीव्र
काठमाडौं । प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको तयारी तीव्र भएको छ । अबको एक सातापछि अर्थात् आगामी जेठ ६, ७ र ८ गते काठमाडौंमा हुने आठौं अधिवेशनका लागि चौतारीका पत्रकारहरू देशव्यापी रूपमा होमिएका छन् ।
अधिवेशनमा करिब ६ सय प्रतिनिधिको सहभागिता रहने बताइएको छ । मंगलबारसम्ममा सबै जिल्लाका प्रतिनिधिहरू तय भइसकेको छ भने सदस्यता विवरण केन्द्रमा आउने क्रम जारी रहेको बताइएको छ । तयारीका लागि मूल व्यवस्थापन कमिटीका साथै आवाश, भोजन, मञ्च व्यवस्थापन, प्रचारलगायतका उपसमितिहरू क्रियाशील छन् ।
जेठ ६ गते प्रधानमन्त्री तथा नेकपा एमालृेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने अधिवेशनका लागि चौतारीले ‘समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ नारा तय गरिएको छ ।
केन्द्रीय कार्यालयमा अहिले धमाधम प्रतिनिधिहरूको नामावली आइरहेको र त्यसको प्रमाणित गर्ने काम गरिरहेको बताइएको छ ।
पार्षद्् चयन केही जिल्लामा जिल्ला अधिवेशनकै क्रममा गरिएको थियो भने केही जिल्लामा बाँकी थियो । बाँकी जिल्लाहरूमध्ये हिजो मात्र काठमाडौं जिल्ला समितिले २४ जना पार्षद्् तय गरेको छ ।
मंगलबार प्रेस चौतारी काठमाडौंबाट तय भएका पार्षद्हरूमा लोकेन्द्र केसी अध्यक्षका साथै गणेश बस्नेत, देवराज अर्याल, हेमराज सिलवाल, विष्णु आचार्य, उद्धव थापा, संगम महत, मुकुन्द भुषाल, सम्झना वन, सतिदेवी उप्रेती, प्रतिमा सिलवाल, कविता अधिकारी, ललिता खड्का, ईश्वरी ज्ञवाली, टपेन्द्र कार्की, रामशरण बजगाईं, विकास गिरी, कृष्णप्रसाद भण्डारी, दीपक रिजाल, पूर्णबहादुर कार्की बद्री, उज्वल पहाडी, महेन्द्र भट्टराई, नवराज खतिवडा र खड्गबहादुर बस्नेत रहेका छन् । यसैगरी, चौतारी भक्तपुरले पनि पार्षद् चयन गरेको छ । अध्यक्ष सोम शर्मा बजगाईंसहित भक्तपुरबाट चयन हुनेमा शेखर चौलागाईं, दीपक लामिछाने, हेमराज ढकाल, कविता थापा र भवानी कार्की रहेका छन् ।
यस्तै, लतितपुर जिल्लाबाट पनि पार्षद् चयन भइसकेको छ भने प्रतिष्ठान अञ्चलअन्तर्गतका सबै शाखाहरूबाट गरी ३९ जना पार्षद् चयन भएको केन्द्रीय सदस्य तथा प्रतिष्ठान इन्चार्ज शुरोजंग पाण्डेले जानकारी दिनुभयो । नेपाल टेलिभिजन शाखाबाट देवी सापकोटा (अध्यक्ष), वसन्त रूपाखेती र नीता सापकोटा, रेडियो एफएमबाट हरिवल्लभ नेपाल (अध्यक्ष), लक्ष्मी बस्नेत, दीपक धिताल, कालिका शिवाकोटी, गोविन्द खड्का, दीपेन्द्र खड्का, बलराम श्रेष्ठ, शिवशक्ति आचार्य, राजीव खत्री, दैनिक शाखाबाट धनबहादुर खड्का (अध्यक्ष), रञ्जित तामाङ, पूजा ढकाल र एमपी सुब्बा प्रतिनिधि चयन भएका छन् ।
यस्तै, टेलिभिजन शाखाबाट तेजप्रसाद वाग्ले (अध्यक्ष), जीवनाथ शिवाकोटी, दशरथ राई, विमल नेपाल र रिया भण्डारी, अनलाइन शाखाबाट मोहन बास्तोला (अध्यक्ष), शरद शर्मा, शोभित थपलिया, यशोदा अधिकारी, विनु पोखरेल, आशिष गुरागाईं, तुलसी सुवेदी र नारायण पौडेल चयन हुनुभएको छ ।
गोरखापत्रबाट अजय शर्मा (अध्यक्ष), धातृप्रसाद सुवेदी, नगेन्द्र सापकोटा, सविता शर्मा, रेडियो नेपालबाट ध्रुव सापकोटा (अध्यक्ष), भुवन आचार्य र रत्नावली शर्मा चयन हुनुभएको छ ।
यसअघि, रासस शाखाबाट कृष्णराज गौतम (अध्यक्ष), श्याम रिमाल र कालिका खड्का छनोट भइसक्नुभएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply