निजामतीमा एमालेको अग्रता
\काठमाडौं । यही जेठ १९ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले अग्रता लिने भएको छ । निजामती संगठनको १ सय २२ जिल्ला र विभागीय कार्यसमितिमध्ये ८० भन्दा बढी समितिमा संगठनले नेतृत्व लिने प्रारम्भिक तथ्यांक आइपुगेको बुझिएको छ ।
तेस्रो पटकका लागि तोकिएको मतदान कार्यक्रमका लागि मंगलबार देशैभरि ५४ हजार ९ सयको मतदाता नामावली प्रकाशित भएको छ । निर्वाचन कार्यक्रमअनुसार ६ गते दाबी विरोध हुने, ८ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने र ९ गते उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार १९ गते बिहान ९ बजेदेखि सााझ ५ बजेसम्म निर्वाचना हुनेछ । निजामती कर्मचारी नियमावली परिवर्तन भएर यसअघि रहेको २० प्रतिशत थ्रेस होल्ड १० प्रतिशतमा झारिएको छ ।
सांगठनिक रूपमा झिनो हैसियतमा रहेका केही संगठनले आफ्नो पत्तासाफ हुने डरले थ्रेस होल्ड १० प्रतिशत कायम नराखेसम्म निर्वाचनमा नजाने भन्दै उम्मेदवारी नै दर्ता गराएका थिएनन् । प्राप्त समानुपातिक मतका आधारमा कार्यसमितिमा संगठनको प्रतिनिधित्व हुने व्यवस्था छ । एक संगठन र अर्को एक संगठनको ८० प्रतिशत हिस्सा नेपाल निजामती कर्मचार संगठनमा विलय भइसकेकाले यसपटक चारवटा मात्र संगठनको उम्मेदवारी पर्ने सम्भावना रहेको बताइन्छ ।
यसैबीच, नेपाल निजामती कर्मचारी संगठनले हरेक कर्मचारीले कम्तीमा आफ्नो परिवारको भरणपोषण गर्न पुग्ने गरी तलब पाउनुपर्ने र उक्त तलब यसै वर्षको बजेटबाटै बढाउनुपर्ने भन्दै माग राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाा आर्थिक वर्षका लागि बजेटको. तयारी गरिरहादा संगठनले न्यूनतम तलब २५ हजार ६१ रुपैयाा कायम गर्न माग गरेको हो । अहिले आधारभूत न्यूनतम तलब १२ हजार ९ सय ८० रुपैयाा छ ।
जुन तलबले बढ्दो महागीमा परिवार पाल्न, पढाउन त के दुई छाक खानसमेत पुग्दैन । तलब बढाउनुपर्ने मागका साथै कर्मचारीहरूले सेवा प्रवाह क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाह लागू हुनुपर्ने, एक दिनको तलबबराबर ग्रेड थपिनुपर्ने, १५ हजारबराबरको पोसाक भत्ता दिनुपर्ने माग राखेका छन् । उक्त पोसाक नगदमा नभई हेटौंडा कपडा उद्योगबाट सुचारु गरिदिनुपर्ने माग राखेको छ । निजामती, सेना र प्रहरीलगायतका राष्ट्रसेवक कर्मचारीहरूलाई टेन्डरबाट विदेशी कपडा मगाउादा वार्षिक ४ अर्ब रुपैयाा घाटा भइरहेको भन्दै उक्त कारोबार हेटौंडा कपडा उद्योगलाई दिन पनि संगठनले माग गरेको महसचिव मोहन घिमिरेले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply