कांग्रेस संसदीय दलमा को–को ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले केही दिनभित्रै संसदीय दललाई पूर्णता दिने भएका छन् । सभापति निर्वाचित भएको दुई महिना नाघिसक्दा पनि विधानअनुसार पार्टीको पदाधिकारी नियुक्त गर्न नसकेका देउवाले दललाई भने सम्भवत आजै पूर्णता दिने तयारी गरेको बुझिएको छ ।
संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गर्न बााकी छ । यसअघि सुशील कोइराला दलको नेता हुादा उनले उपनेतामा प्रकाशमान सिंह, प्रमुख सचेतकमा चीनकाजी श्रेष्ठ र सचेतकमा ईश्वरी न्यौपानेलाई नियुक्त गरेका थिए । दलको नेता परिवर्तन हुनासाथ ती नियुक्तिहरू पनि परिवर्तन हुन्छन् । देउवाले उपनेतामा गोपालमान श्रेष्ठलाई नियुक्त गर्ने बुझिएको छ । सधंैभर देउवालाई सघाउादै आएका उनी पार्टी विभाजनका बेला प्रजातान्त्रिक कांग्रेसको उपसभापति थिए । पछि पार्टी एकता भएपछि पनि उनी उपसभापति नै थिए । प्रमुख सचेतक कसलाई बनाउने भन्नेमा भने टुंगो लागिनसकेको स्रोतले बतायो । स्रोतका अनुसार देउवाको चाहना रमेश लेखकलाई प्रमुख सचेतक बनाउने छ, तर लेखकले मानिरहेका छैनन् । लेखकले पार्टी प्रवक्ताको चाहना गरेको बुझिएको छ । अन्तिम समयसम्म पनि लेखकलाई प्रमुख सचेतक बन्न आग्रह गर्ने तर उनी नमानेमा तनहुाका ध्रुव वाग्लेलाई बनाउने देउवाको रणनीति रहेको छ । यो अवस्थामा सचेतक पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादव र सरिता प्रसाईंमध्ये एकलाई बनाउने बुझिएको छ । यादव र प्रसाईं दुवै रामचन्द्र पौडेल समूहका हुन् । तर, लेखकले प्रमुख सचेतक बस्न स्विकारेमा धु्रव वाग्लेलाई नै सचेतक बनाउने देउवाको तयारी रहेको स्रोतले बतायो । दुई कार्यकाल तनहुाको सभापति भएका वाग्ले यसपटक प्रत्यक्षतर्फबाट निर्वाचित हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply