सेखी झार्न संसद्मा तमासा
काठमाडौं । प्रतिपक्षमा बस्नुपर्दाको रिस कहाा पोख्ने भनेर बसेको कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका बिर्सेर प्रधानमन्त्री केपी ओलीको सेखी झार्न मात्रै सोमबार संसद्मा तमासा देखायो । संविधानको धार पक्रेर आएको जनमुखी बजेटको रचनात्मक आलोचना गर्ने ठाउँ नदेखेपछि उसले बजेट पहिल्यै चुहावट भएको निहुामा एकै दिन तीनपटकसम्म संसद्मा अवरोध गर्यो ।
बजेट आएको भोलिपल्टै बजेटबारे धारणा बनाउन भन्दै कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकमा धेरै सभासद्ले अर्थविद्हरूसाग छलफल गरेर मात्र आफ्नो पोजिसन क्लियर गरेर जानुपर्ने धारणा राखेका थिए । त्यहाा सदन अवरुद्ध गर्ने विषयमा कुनै निर्णय पनि नभएको कांग्रेसका एक सांसद्ले बताए । प्रतिपक्ष हुनुको नाताले विरोध त गर्नैपर्छ, तर जनपक्षीय बजेटको विरोध गर्दा जनताको पार्टीप्रतिको सहानुभूति घट्छ । त्यसैले, बजेट भाषण आउनुअधि नै बजेट चुहेको विषय उठाउनुपर्ने विषयमा सामान्य छलफल भए पनि सदन नै अवरुद्ध गर्ने कुनै निर्णय नभएको ती सांसदले बताए ।
विश्वस्त स्रोतका अनुसार कांग्रेसलाई सदन अवरुद्ध गर्ने मौका प्रधानमन्त्री केपी ओलीले नै दिएका हुन् । विगतमा पनि बजेट चुहावट भएको र त्यसको छानबिन गर्न संसदीय समिति बनाएको नजिर प्रस्तुत गर्दै कांग्रेसले पनि यसपटक विरोध गर्ने अरू कुनै ठाउँ नपाएपछि बजेट चुहावटको विषय छानिन संसदीय समितिको माग गर्ने निष्कर्ष निकालेको थियो । जबकि, बजेट चुहावटको विषय विगतमा भन्दा यसपटक पृथक् थियो । यसपटक बजेट आउनुअघि एक पत्रिकाले बजेटको आकार ९ खर्ब ४८ अर्बको हुने भनेर लेखिएको थियो । सामान्यतया करको दर नै पहिल्यै चुहावट भए मात्र त्यसलाई बजेट चुहावट भएको मानिन्छ । तर, करको दर बाहिर आएकै थिएन । अझ रमाइलो कुरा त के छ भने जुन पत्रिकाले बजेट भाषण आउनुअघि नै बजेटको कुल रकम सार्वजानिक गर्यो, त्यही पत्रिकाले बजेट आएपछि फेरि बजेट चुहावट भन्दै अर्को समाचार प्रकाशित गरेको थियो ।
यही विषयलाई निहुा बनाएर कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेको थियो । संसदीय समिति नबनाए संसद् चल्न नदिने सन्देश कांग्रेस शीर्ष नेतृत्वले प्रधानमन्त्रीसमक्ष पठाएको पनि थियो । तर, प्रधानमन्त्री ओलीले ‘के लछार्दा रहेछन्, हामी पनि हेरौला, कुनै पनि समिति बन्दैन’ भन्दै ठाडो जवाफ पठाएका थिए । त्यसपछि मात्र कांग्रेसले यसलाई प्रतिष्ठाको विषय बनाएको विश्वस्त स्रोतको दाबी छ । ‘ए, त्यसो भए हामी पनि देखाउाछौं’ भन्दै कांग्रेसले समिति गठन नभएसम्म सदन अवरुद्ध गरिरहने निष्कर्ष निकालेको बताइन्छ । त्यसकै कारण सोमबार तीनपटकसम्म सदन अवरुद्ध गरेको थियो ।
यसैबीच, बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेपछि छानबिन गर्न समिति गठन गरिएको छ । विपक्षी कांग्रेसले संसद् अवरुद्ध पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार बिहान सत्तारूढ दलहरूको बैठक बालुवाटारमा बसेको थियो ।
बैठकमा भएको सहमतिअनुसार मंगलबार बसेको व्यवस्थापिका संसद्को बैठकले कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई बजेट चुहावटसम्बन्धी छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिना १५ दिनको समय दिइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply