बाबुरामको पार्टीमा विदेशीलाई निम्तो
काठमाडौं । एमाओवादीबाट बाहिरिएर नयाा शक्ति निर्माण गर्ने अभियानमा सकृय नेता डा. बाबुराम भट्टराईले विदेशीहरूलाई साक्षी राखेर नयाा शक्ति नेपाल नामको नयाा पार्टी घोषणा गर्ने भएका छन् । आगामी ३० जेठमा दशरथ रंगशालामा विदेशीहरूका आधिकारिक प्रतिनिधिलाई मञ्चमा राखेर भट्टराईले पार्टी घोषणा गर्न लागेका हुन् । नामै नयाा शक्ति भएकाले हरेक कुरामा अरू भन्दा भिन्न पहिचान देखाउने नाममा भट्टराईले विदेशीहरूलाई साक्षी राखेर पार्टी घोषणा गर्न लागेको विषयले भने निकै चर्चा पाउन थालेको छ ।
पार्टी घोषणा कार्यक्रममा उनले नेपालस्थित २२ वटा कूटनीतिक निकायका प्रमुखलाई सहभागिताका लागि निम्तो पठाएका छन् । दलहरूका अधिवेशन र आन्तरिक कार्यक्रममा विदेशबाट दलीय प्रतिनिधिका रूपमा शुभेच्छा प्रकट गर्न अतिथि उपस्थित हुने कुरा कुनै नौलो नभए पनि भट्टराईले भने राष्ट्रिय मर्यादाविपरीत विदेशका कूटनीतिक प्रमुखलाई सरकारी प्रतिनिधिका रूपमा बोलाएर अनौठो सन्देश दिन खोजेका छन् । तर, भट्टराईले त्यसरी निम्तो दिए पनि त्यस्तो कार्यक्रममा जाने/नजाने विषयमा राजदूतहरू नै अन्योलमा परेका छन् । सामान्यतया दलहरूको आन्तरिक कार्यक्रममा सहभागी हुने विषय कूटनीतिक मर्यादाविपरीत भएकाले राजदूतहरू अन्योलमा परेका हुन् । स्रोतका अनुसार भट्टराई कुनै पार्टी विशेषको नेताभन्दा पनि पूर्वप्रधानमन्त्रीसमेत भइसकेको राष्ट्रिय व्यक्तित्व भएकाले राजदूतहरूले सहभागिता जनाउने सम्भावना नै बढी रहेको छ । राजनीतिक विश्लेषकहरूले भने भट्टराईले वैदेशिक समर्थन आफ्नो पक्षमा रहेको देखाउन तामझामका लागि राजदूतहरूलाई बोलाएको बताइएको छ ।
सूचना प्रविधिको भरपुर उपयोग गर्दै ‘हाइटेक’ शैलीमा पार्टी गठनका लागि राष्ट्रिय भेलाको तयारी गरिरहेका भट्टराईप्रति अनेक कोणबाट शंकाको नजरले हेरिएको छ । संविधान निर्माण भएलगत्तै पार्टी फुटाएर मधेस केन्द्रित क्षेत्रीयतावादी दलको मुद्दालाई सम्बोधन गरेको, नयाा शक्ति निर्माण गर्ने भने पनि पार्टी गठनको आधार स्पष्ट पार्न नसकेको, माक्र्सवाद, लेनिनवाद, माओवादका विचारधाराविना पार्टी निर्माणमा लागेका भट्टराई एकाएक कसरी विचार परित्याग गर्न पुगे ? यो प्रश्नको चित्तबुझ्दो जवाफ उनी आफैंले दिन सकेका छैनन्, न त उनले वामपन्थीको केन्द्र बन्दै गएको एमाले र अर्को ठूलो दल कांग्रेस र क्षेत्रीयतावादी दलको विकल्प आफ्नो पार्टी नै रहेको स्पष्ट पार्न सकेका छन् । राजनीतिक ज्ञान नभएका, प्रशासनिक क्षेत्रमा रहेका व्यक्तिहरूलाई समेटेर पार्टी गठन गर्न लागेका भट्टराईमाथि पार्टीको विचार र कार्यदिशा वामपन्थी हुन नहुने भन्दै तीव्र दबाब परेको छ । पार्टीमा कुनै योगदान नै नभएकाहरूको भीड, भट्टराईको अन्तरमुखी स्वभावका कारण एमाओवादीका पुराना नेता–कार्यकर्ता उनीसाग सन्तुष्ट देखिएका छैनन् । स्रोतका अनुसार एक वर्षभित्र पहिलो महाधिवेशन आयोजना गर्ने गरी पार्टीमा ४ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी रहने गरी सांगठनिक संरचना प्रस्ताव गरेका छन् ।
प्रचण्डलाई पनि बाबुरामको निम्तो
पार्टी घोषणा कार्यक्रममा अतिथिका रूपमा सहभागी बन्न उनले डिभोर्स गरिसकेका पूर्वपार्टी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू, सरकारी निकायका उच्च ओहदाका विशिष्ट राष्ट्रसेवकहरू, वरिष्ठ पत्रकार, कलाकारदेखि समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई निमन्त्रणा पठाएका छन् । मुलुकभरिबाट १ लाख मान्छे जम्मा गर्ने, राष्ट्रिय भेलामा परम्परागत खालका कुनै पनि भड्किलो प्रचार नगरी नयाा सन्देश दिने गरी कार्यक्रमको तयारी भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply