बोगटीलाई डुबाइन् रमा म्यामले
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीको जागिर अवधि डेढ महिना मात्रै बााकी थियो । नौ महिनाअघि विभागको महानिर्देशक बनेका बोगटीले असार मसान्तबाट अनिवार्य अवकाश पाउादै थिए । तर, मन्त्रीले भनेको एउटा कागजको टुक्रामा हस्ताक्षर नगरेपछि केही दिनअघि उनी हठात् रूपमा हटाइएका छन् । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले कुुर्सी सम्हालेदेखि नै विभागमा आफूलाई थैली बुझाउने मान्छेको खोजीमा थिए ।
सधैंभरि कमाउ मन्त्रालय नै खोज्ने बोहरा पैसाको ठूलो चलखेल हुने विभागबाट आफूले चाहेजति पैसा आओस् भन्ने चाहन्थे । तर, महानिर्देशक बोगटीले मन्त् रीबोहराकोइच्छाअनुरूप काम गर्न सकेनन् । मन्त्री बोहराले पटकपटक बोगटीसाग रकमको अपेक्षा राखे पनि लामो हात गर्न नजान्ने बोगटीले मन्त्रीको इच्छालाई पूरा गर्न सकेनन् । त्यही भएर जागिरबाट बिदा लिनेलिने बेला बोगटीलाई मन्त्रालयमा तानेर पुडासैनी थरका व्यक्तिलाई विभागको महानिर्देशकको जिम्मा सुम्पिएको छ ।
मन्त्री बोहरालाई उचालेर बोगटी हटाउनमा विभागकै अभिमुखीकरण शाखाका प्रमुख रमा भट्टराईको पनि ठूलो हात रहेको बताइन्छ । आफूलाई एमालेनिकट हुा भन्ने भट्टराईले केही समययता मन्त्री बोहरालाई गोप्य रूपमा भेटी बोगटीविरुद्ध कुरा लगाउादै आएकी थिइन् । विभागमा भ्रष्ट कर्मचारीका रूपमा चिनिने भट्टराईले मन्त्रीसाग नजिक भएर विभागमा आफ्नो हालीमुहाली चलाउनकै लागि मन्त्री बोहरासाग निकटता बढाएकी थिइन् । भट्टराईले विभागका तत्कालीन महानिर्देशक बोगटीसाग पनि चोचोमोचो मिलाउने र मन्त्री बोहरालाई चाहिा बोगटीविरुद्ध नै उचाल्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply